२५५७ औं अन्तराष्ट्रिय शान्ति र्यालीमा सहभागी हुन् बौद्ध परिवार कोरियाको अनुरोध l
https://nnkorea.blogspot.com/2013/05/l_4.html
सुरज गुरुङ्, द. कोरिया l
नेपाल बौद्ध परिवार द. कोरियाले यहि मे ११ तारिखमा हुने २५५७ औं अन्तरराष्ट्रिय शान्ति र्याली (Lotus Lantern Festival) मा सहभागि हुन कोरिया स्थित सम्पूर्ण संघसंस्था एवं नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक अनुरोध गरेको छ । गत अप्रिल २८ तारिख आईतावारका दिन परिवारका अध्यक्ष श्री ईश्वर गुरुङ्गको अध्यक्षतामा बसेको बैठकले सो र्याली सम्बन्धि बिभिन्न निर्णयहरु गर्दै अनुरोध गरेको हो ।
प्रत्येक वर्ष बुद्ध जयन्तिको बुद्धिष्टहरुको महायान सम्प्रदायको हेड क्वाटर छोगेसाको व्यवस्थापनमा यो
(Lotus Lantern Festival) कार्यक्रम भव्य रुपमा आयोजना हुने गर्दछ । त्यसै गरि अहिनेको फेस्टिभलमा अर्थात यहि मे ११ तारिखको शान्ति र्यालीमा भाग लिन छोगेसाको विशेष निमन्त्रणामा नेपालबाट लुम्बिनी बिकास कोषका उपाध्यक्ष आचर्य कर्म शाङ्गबो शेर्पा र नेपाल परम्परागत बौद्ध धर्म संघका अध्यक्ष डा। नरेशमान बज्रचार्य तथा संघका सचिव मनिक रत्न शाक्य कोरिया आउनु हुने कुरा परिवारका का. वा। सचिव श्री प्रितम गुरुङ्गले जानकारी दिनु भएको हो ।
र्यालीमा शान्तिको मुहान बुद्धको जन्म स्थल लुम्बिनीबाट ल्याईएको अखण्ड ज्योती विश्वलाई शान्तिको सन्देश दिंदै विशेष प्रदर्शान गरिने भएकोले विगतका वर्षहरु भन्दा अहिलेको र्याली कार्यक्रम एउटा महत्वपूर्ण र ऐतिहासिक बन्ने दावी गरेको छ । बैठकले परिवारका सदस्यहरुलाई उक्त र्यालीमा अनिवार्य उपस्थित भै दिईएको जिम्मेबार अनुसार आ–आफ्नो क्षेत्रबाट सहयोग गरि र्यालीलाई अनुशासित, मर्यादित तथा व्यवस्थित रुपमा सम्पन्न गर्न गराउन निर्देशन समेत दिइएको छ ।
बैठकमा शान्ति र्याली सम्बन्धि छोगेसाबाट पठाएको निति, नियम, सल्लाहा, सुझाव र अनुरोध सहितको परि पत्र माथी गम्भीर ढंगले छलफाल गरि निर्णय गरे अनुसार छोगेसाको नियम तथा निर्णयलाई पालना गर्दै विगतका वार्षहरुमा झैं यस पालीको र्यालीमा पनि कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई सहभागि गराउदै नेपाल बौद्ध परिवारको नेतृत्वमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने भएको छ ।
भने र्यालीमा परिवारको झण्डा वा व्यानर बाहेक अन्य कुनै संघसंस्था तथा संगठनहरुको झण्डा वा व्यानर नल्याउनको लागि छोगेसाले गरेको निर्णय र अनुरोधलाई भध्यनजर राख्दै सोही अनुसार गर्न गारउनु हुन द. कोरिया स्थित सबै संघसंस्था, संगठन एवं नेपाली समुदायमा नेपाल बौद्ध परिवारले हार्दिक अनुरोध गरेको छ । साथै आफ्नो भेष, भूषा, संस्कार र संस्कृतिको दीगो राख्दै विश्व जगतमा नेपालको पहिचानलाई अझ उचो बनाउनका लागि विभिन्न जातीय संघसंस्थालाई आ–आफ्नो भेष, भूषा, बाजा, गाजा, र परम्परागत झाँकी सहित र्यालीमा सहभागी हुन पनि परिवारले अनुरोध गरेको छ ।
त्यसै गरि केहि महिना पछि नयाँ कर्यसमिति चयन सहित एन।बी।एफ।को साधरण सभा हुन गैरहेकोले परिवारको बिधान, निति, नियम र कार्यक्रमलाई स्वीकारी इच्छुक नयाँ व्यक्तीहरुलाई साधरण सदस्य लिन र लिई सकेका साधरण सदस्यहरुलाई नवीकरण गर्नका लागि बैठकले निर्णय गर्दै अनुरोध गरेको छ भने साधरण सदस्य वितरण कार्य पनि भैरहेको कुरा जानकारी गराएको छ ।
र्याली कार्यक्रम सम्बन्धी जानकारीः
यही मे ११ तारिखका दिन दिउसो ३ बजे दोङ्गगुग युनिभर्सिटीको प्राङ्गणमा २५५७ औं (Lotus Lantern Festival) को स–मुदघाटन तथा औपचारिक कार्यक्रमहुने भने साँझ ६ बजे र्यालीमा भरिणत भै त्यहाँबाट प्रस्थान गरि बिशाल राजमार्गको बीचबाट दोङ्गदेमुन हिस्ट्री ऐण्ड कल्चर पार्क वा दुसान टावरको राजमार्ग हुदै छोगेसाको गुम्बाको आगाडि पुगेर विसर्जन हुने छ भने सोही दिनको साँझ ६ बजे दुसान टावर अगाडीको राजमार्गबाट पनि र्यालीमा सहभागि हुन सक्ने कुरा जानकारी गराएको छ ।
साथै भोली पल्ट मे १२ तारिख छोगेसा गुम्बाको अगाडी बुद्ध धर्म सम्बन्धी बिशेष प्रदर्शनी हुने कुरा पनि जानकारी गराउनु भएको छ । स्मरण रहोस गत साल लुम्बिनी विबास कोषका उपाध्यक्ष आचार्य कर्म शाङ्गबो शेर्पा र नेपाल परम्परागत बौद्ध धर्म संघका अध्यक्ष डा. नरेशमान बज्रचार्यको अतिथ्यमा नेपाल बौद्ध परिवारले बुद्धकौ जन्म भूमि लुम्बिनी, शान्तिको उद्गम स्थल बिषयक एक दिने विचार गोष्टी अन्तरकृया कार्यक्रम सम्पन्न गरेको थियो ।

Post a CommentDefault CommentsFacebook Comments