दक्षिण कोरियाको प्रतिष्ठित पुरस्कारवाट सम्मानित राजदुत लामा सम्मानित l


 दक्षिण कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामा प्रतिष्ठित “द ग्रेट प्राइज फर प्राउड कोरियन सिटिजनस् २०१३” बाट सम्मानित भएका छन् । कोरियाको पत्रकार महासंघ, कोरियन समाचारपत्र सम्वाददाता संघ, सिटिजन ह्यापिनेस टाइम, इन्टरनेसनल कल्चर पफमेन्स एक्स्चेन्स एसोसिएसन, सन्डे टाइम्स, प्याट्रिओट एन जङ–गुन पिस कप अर्गानाइजिङ कमिटि र स्पोर्टस् कोरिया न्युजपेपरले संयुक्त रुपमा राजदुत लामालाई सो सम्मान प्रदान गरेको हो ।
राजदुत लामालाई दक्षिण कोरिया र नेपालबीच निरन्तर रुपमा कला, संस्कृति तथा व्यापार र लगानी प्रवद्र्धन गरेबापत उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । यहि मे ३ तारिकका दिन सउलमा पुरस्कार ग्रहण गर्दै राजदूत लामाले यस पुरस्कारले आफुलाई दुइ देशवीच आर्थिक प्रवद्र्धन तथा साँस्कृतिक आदान प्रदान गर्ने कार्यलाई प्रोत्साहन दिएको वताउनु भयो । उहाँले दुई देशवीच सम्वन्ध विस्तार गर्न आफूले गम्भीररुपले लाग्ने प्रतिवद्धता जनाउनु भएको सउल स्थित नेपाली राजदूतावासले विज्ञप्ति मार्फत जनाएको छ ।

मे २ तारिकमा बुद्धको  जन्मस्थल लुम्बिनीमा रहेको शान्तिदीप कोरिया भित्र्याईएको थियो । जसलाई कोरियाका सन्चार माध्यमले उच्च महत्वका साथ प्रसारण गरेका थिए।

Related

korea 6857047819936026741

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item