आईसीसी वल्र्ड क्रिकेट डिभिजन थ्रिको उपाधि नेपालले जित्यो l


नेपालले आईसीसी वल्डकप लिग डिभिजन थ्रीको विजेता बनेको छ । बर्मुडामा नेपाली समयअनुसार आईतबार राति भएको खेलमा युगान्डालाई ५ विकेटले पराजित गर्दै उपाधि विजेता भएको हो ।

एक सय ५२ रनको चुनौति पाएको नेपालले ३९ दशमलब २ ओभर खेल्दै पाँच विकेटको क्षतिमा निर्धारित लक्ष्य पुरा गरेको थियो ।जीत दर्ताका लागि सरद भेसवाकरले नटआउट ५० रन बनाए भने पृथु बास्कोटाले पनि नट आउट १९ रन बनाए । त्यस्तै प्रदीप ऐरीले ६० रन बनाएका थिए भने र विनोद भन्डारी र ज्ञानेन्द्र मल्लले ५/५ रन बनाएका थिए भने शिव खकुरेल ४ रन र पारस खड्का एक रन बनाएर आउट भएका थिए । खेल अवघिभर नेपालले ८ वटा वाइड पाएको थियो ।

यो उपाधी  नेपाली क्रिकेट खेलको अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धी पनि हो । अब नेपालले १० टोली समावेश विश्वकप क्लालिफायर खेल्नेछ । प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, क्यानाडा, केन्या, स्कटल्यान्ड युगान्डा, हङकङ, पपुवा न्युगिनी, युएई र नामिबिया छन् । यो प्रतियोगिताको शीर्ष दुई टिमले विश्वकप क्रिकेट खेल्नेछन् भने त्यसपछिका दुई टिमले चार वर्षसम्म एक दिवसीय क्रिकेटको मान्यता पाउनेछन् ।

Related

news 6004411302685600289

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item