कोरियामा कास्की परिवारले जित्यो हलेसी रनिङकप l

समिर निरौला , दक्षिण कोरिया l
 २०१३ मे ५ तारिक आइतबारका दिन खोटाङ्ग सेवा समाजले आयोजना गरेको दोस्रो हलेसी रनिङकप भलिबल प्रतियोगितामा  नेपाल मगर सँघलाई पराजित गर्दै कास्की परिवार विजयी भएको छ l 
सो प्रतियोगितामा कास्की परिवारकै अनिल घमल उत्कृष्ट खेलाडी भएका छन् । नेपाल मगर सँघ सेमी फाईनलमा पर्वत प्रवासी समाजलाई हराउँदै फाइनलमा प्रबेश  गरेका  थिए l  गत बर्षको कप  जित्न सफल नमस्ते पाल्पालाई पछि पार्दै पर्वत प्रवासी समाज सेमी फाइनलमा पुगे पछी नेपाल मगर सँघसँग पराजित भएको थियो भने कास्की  परिवारले म्याग्दी समाजलाइ पछी पार्दै फाइनलमा प्रबेस गरेको थियो । सेमी फाइनल सम्म पुग्न सफल पर्वत प्रवासी समाज र म्याग्दी समाजलाइ चिट्ठा टिपाएपछी पर्वत प्रवासी समाज तेस्रो स्थानमा आएको हो ।
करिब पाँच सयको सँङ्ख्यामा रहेका खेलप्रेमीहरुमाझ खेल भइरहँदा अर्कोतिर रिङ खेल, तिर खेलमा रमाउँदै नेपाली परिकारहरु चटपटे, सेलरोटी, भुटानसँग बियरको चुस्कि लिँदै रमाउँनेहरु प्रसस्तै देख्न पाईन्थ्यो । पहिलो चरणको कार्यक्रम बिहान ९ बजे बाटै सुरु गरिएको थियो l
कोरियामा एन् सि सि पछी सबै भन्दा पुरानो सँस्थाको रुपमा चिनिएको खोटाङ्ग सेवा समाजले गत बर्षबाट भलिबल प्रतियोगिता गर्दै आएको हो lसँयोजक चिरन कार्की सहितको आयोजक टिमलाई यसपटक खेलको सुरुवातमै नमस्ते पाल्पाले निराश पारेको भएतापनि खेलमैदान रमणीय देखिएपछी आयोजक निकै खुसी देखिन्थ्यो l  खेलको दोस्रो चरणमा भने प्रमुख अथितिमा रहेका एन् सी सी अध्यक्ष लोचन राई, बिशेष अथितिहरु नेपाल आदीबासी जनजाती महासँघका अध्यक्ष भक्त शेरचन, एन् आर् एन् उपाध्यक्ष राजु क्षत्री, अथिति आदीबासी जनजाती महासँघका सचिव गँगा लिम्बु लगाएतले खेलको उद्घाटन स्वरुप छोटो औपचारिक कार्यक्रम सम्पन्न गर्दै भलिबल सर्भिस गरेपछी खेल सुरु भएको थियो l औपचारिक कार्यक्रम मानध्वज राईको सभापतित्वमा पुर्व सचिव चित्र राईले सँचालन गर्नु भयो l सचिव मणी राईले खेल सञ्चालन गर्नुभयो भने उपाध्यक्ष चित्र कुमार घलेले स्वागत मन्तब्य दिनुभएको थियो ।खेलको अन्तिम चरणमा आईपुग्दा बिस्व साईकल यात्राको क्रममा बिगत १० बर्ष अघि देखी हाल सम्म ४८ देशको भ्रमण गरिसकेका २ जना साइकल यात्रीहरुलाई खोटाङ्ग सेवा समाज र नेपाल आदीबासी जनजाती महासँघले केही रकम सहयोग गरेका थिए l नेपाल भलिबल सँघ दक्षिण कोरियाका लाईसेन्स प्राप्त रेफ्री केशभक्त गुरुङ, गणेष घमल, खेम गुरुङ, लोकेन्द्र भट्टचन लाई प्रमाण बितरण तथा काश्कि परिवारलाई कप हस्तान्तरण गर्दै आपत्कालिन राहत कोष निर्माण सहयोगार्थ भाग्यशाली चिट्ठा कार्यक्रम समेत रहेको हुनाले कार्यक्रम समापन भएपछी चिट्ठा खोलियो lजसमा पहिलो पुरस्कार पाउनेमा नेपाल मगर सँघका झक थापा मगर हुन्, पुरस्कार लिन बाँकी निम्न चिठ्ठा न भएका ब्यक्तिहरुले अनिबार्य रुपमा चिट्ठाको अर्धकट्टी लिएर आयोजकलाई सम्पर्क गरि आउन सकिने छ, lशान्तोना छिरिङ ००००७० ज्ञान थापा ००००२३ कृष्ण न्यौपाने ०००५१४, तेस्रो मिलन श्रेष्ठ ०००२८०, दोस्रो चन्द्रमणी पराजुली ०००३१६ प्रथम झक थापा ०००१७३ पुरस्कार पाउन नसकेका ब्यक्तिहरुले अध्यक्ष मानध्वज राई ०१० ३३८ ९८८७८ सचिव मणी राई ०१० ८६७ १६३५५ सह सचिव समिर निरौला ०१० ६८९८५८०० लाई सम्पर्क गर्न अनुरोध गरिएको छ, बिभिन्न सँघ सस्थाहरुले फिर्ता नदिएका चिट्ठाहरु पनि चाडै फिर्ता गर्न आग्रह गरिएको छ ।

Related

korea 7427146084614189328

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item