कोरियाको नेपाली दूताबासमा आर्थिक अभाव l

देवेन्द्र सम्बाहाम्फे , सउल कोरिया l
सोलस्थित नेपाली दूतबासमा आर्थिक अभाव रहेको खुल्न आएको छ । सरकारले बार्षिक बजेटमा कटौती गरेपछि आर्थिक अभाव हुन गएको दूताबास श्रोतले जनाएको छ । कोरियामा नेपाली कामदारहरुको बृद्धिसंगै दूताबासमा पनि कर्मचारीको संख्या र महङगी बढेको छ । दूताबास स्थापनाकालमा कर्मचारी ४ जना  थिए भने अहिले ९ जना रहेका छन् । बार्षिक ४ करोड रुपैया हुने गरेको बजेट यस आथिर्क बर्षदेखि सरकारले ३ करोडमा सीमित गरेको छ । सरकारी कार्यक्रम धेरै हुने तर त्यसका लागि १० लाख मात्र छुट्याइएकाले कार्यक्रम गर्न सधै आथिर्क अभाव हुने गरेको दूताबासका कर्मचारीको गुनासो रहेको छ । सेवा सुविधा केहि नभएको र तलब भत्ता थोरै भएको जनाउदै करारमा कार्यरत दुई कोरियन महिलाले राजीनामा दिएका छन् । कामदारको माग अनुसार भाषा अनुबादक र सेल्टर तत्काल स्थापना गर्नुपर्ने भए पनि सरकारले  हालसम्म स्वीकृति र बजेट नदिएकाले कुनै ब्याबस्था गर्न नसकेको दूतावासका  अधिकारीले बताएका छन्  ।
पहिलाको दूतावास भवन पुरानो र हिटिङ सिस्टम नभएकाले जाडो मौसममा पाइप फुटेर कागजपत्र भिजेपछि परराष्ट्र कै निर्देशन अनुसार सङबुकमा सारिएको भए पनि बजेट अभावका कारण पर्याप्त फर्निचर र अन्य ब्याबस्थपन गर्न नसकेको कर्मचारीहरुले स्वीकार गरेका छन् । त्यसैगरि राजदूत कमानसिंह लामाको आवास गृहको सम्झौता अवधि पनि समाप्त भएको छ । सम्झौता अवधि समाप्त  भएपछि राजदूत लामाको बास पनि बेटुङगो भएको छ । सोल हुआम्दोङमा रहेको ब्राउनस्टोन(आवासको नाम) का मालिकसंग गत आइतबार सम्झौता अवधि समाप्त भएको थियो । मालिकले समयावधि समाप्त हुन अगावै पटक पटक फ्ल्याट खाली गरिदिन आग्रह गरे पनि अर्को आवास गृह ब्यबस्था हुन नसकेकाले लामाले ब्राउनस्टोन छोड्न सकेका छैनन् ।

यसबारे परराष्ट्र मन्त्रालयलाई २ महिना अघि नै दूताबासले जानकारी पठाउनका साथै मौखिक ताकेता गरेको पनि दूतावास श्रोतले जनाएको छ । स्थिति थाहा पाएर पनि परराष्ट्रले बेवास्ता गरेका कारण राजदूतको आवास अझै निश्चित हुन नसकेको दूताबासका एक कर्मचारीले बताए । ‘अर्को आवासका लागि परराष्ट्रले स्वीकृति ढिलाई गरे महामहिम होटलमा सर्नुपर्ने स्थिति आउछ तर त्यहा महङगो हुने भएकाले महामहिमले ब्राउनस्टोनको मालिकलाई केहि दिन पर्खन भन्नुभएको छ ।’ ती कर्मचारीले भने  । 
एक बर्षको कार्यअवधिमा राजदूत लामाले कोरियाली लगानी भित्र्याउन इम्पावरिङ नेपाल २०१२ र लुम्बिनीबाट शान्तिदीप यात्रा जस्ता दुई ठूला कार्यक्रम गरेका छन् । यी दुवै कार्यक्रमले दुईमुलुकको नागरिकस्तरमा बृहद र प्रगाढ सम्बन्ध बढाएको छ । यस्ता लक्षमुखी कार्यक्रममा पनि सरकारले असहयोग रेको थाहा पाएपछि कोरियामा रहेको नागरिक समाजले सरकारप्रति गुनासो गरेका छन् । सरकारले शान्तीदीप यात्रामा सेवा सुविधा होइन बिदा समेत नदिएपछि राजदूत लामा ब्यक्तिगत बिदा र खर्चमा गएका थिए । श्रोतका अनुसार परराष्ट्र सचिब दुर्गा भट्टराईले ‘बोल्ड डिसिजन’ नगर्न राजदूत लामालाई दवाब दिने गरेका छन् । गत बैशाख ६ गते भएको शान्तिदीप हस्तान्तरण कार्यक्रममा राष्ट्रपति र परराष्ट्रमन्त्री उपस्थित भए पनि भट्टराई भने नदेखिएको एक सहभागिले जनाए । 
परराष्ट्र मन्त्रालयको एक श्रोतका अनुसार नेपालको कुटनीतिक नियोगहरु मध्ये कार्यसम्पादन मूल्याकनमा सोलस्थित नेपाली दूतावासको स्तरोन्नती भएको छ । अघिल्लो बर्षसम्म ‘ग’ श्रेणीमा रहेको दूताबास यसैबर्षदेखि ‘ख’ श्रेणीमा उक्लिएको छ । टोकीयोस्थित नेपाली दूताबास भने ‘क’ श्रेणीबाट ‘ख’ मा झरेको छ । सोल र टोकियोमा रहेका नेपाली दूताबासहरु कार्यसम्पादनका दृष्टिले समान रहे पनि जापानको नेपाली राजदूत र कर्मचारीको तलब,सेवा सुविधा र बजेट  कोरियाको तुलनामा धेरै  हुने गरेको श्रोतले बतायो ।

Related

korea 594611769634328877

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item