उत्तर कोरियाले पूर्वी किनारामा राखेका दुई मिसाइल हटायो l
https://nnkorea.blogspot.com/2013/05/l_7.html
उत्तर कोरियाले पूर्वी किनारामा आफूले राखेको दुई मिसाइल हटाएको छ । एक अमेरिकी अधिकारीका अनुसार उत्तर कोरियाले पूर्वी क्षेत्रमा तैनाथ गरेको मध्यम दूरीसम्म मार हान्नसक्ने मुसुदन मिसाइल हटाएको हो । गएको महिना उत्तरले यी मिसाइल पूर्वी किनारामा तैनाथ गरेको थियो । यसैका कारण उत्तरसँग दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध अत्यन्त बिग्रेको थियो ।
यसको जवाफमा दक्षिण कोरिया र अमेरिकाले पनि आफ्नो सुरक्षाका लागि भन्दै उक्त क्षेत्रमा मिसाइल थुपार्नुका साथै बम वर्षक विमानहरुसमेत लगेको थियो । जसका कारण कोरिया प्रायद्वीपमा युद्धको स्थिति बनेको थियो । दक्षिण कोरिया, जापान र अमेरिकाको सुरक्षा संयन्त्रमाथि उत्तरले परमाणु आक्रमण गर्नसक्ने त्राससमेत बढेको थियो ।

.jpg)
Post a CommentDefault CommentsFacebook Comments