२५५७ औं बुद्ध जयन्ती तथा नागार्जुन गुम्वाको पाचौं वार्षिकोत्सव कार्यक्रमको तयारी तीव्र l

विकास मोक्तान, सउल कोरिया
गौतम बुद्धको अर्ति उपदेश पालना गरी प्रचार प्रसार गरौं  ! दीन दुःखी, गरीब तथा असाहायलार्इ हृदयदेखी सम्मान गरौं !! भन्ने लक्ष्य र उद्देश्यका साथ २०१३ मे १९ तारीखका दिन जिहेङ आफ्नै भवनमा  शान्तिका अग्रदुत महात्मा गौतम बुद्धको २५५७ औं जन्म जयन्ती तथा नागार्जुन गुम्वा (YBA सेवा केन्द्र) दक्षिण कोरियाको पाँचौ वार्षिक उत्सवको पावन अवसरमा आयोजीत विविध सांगीतिक तथा भाग्यशाली उपहार कार्यक्रमको तयारी तीव्र पारेको छ ।
स्थानिय कलाकारहरूवाट सास्कृतिक कार्यक्रम गरी  भाग्यशाली उपहार चिठ्ठा कार्यक्रमको पनि गरी व्यवस्था गरीएको  छ ।  उक्त कार्यक्रममा दिवा भोज र प्रवेश शुल्क निशुल्क गरीएको छ । भने स्थानिय कलाकारहरूको छनौट प्रक्रिया पनि पुरा भएको छ । स्थानिय कलाकारहरू स्वीटी तामाङ, देव सिं तामाङ, भरत गुरूङ, सरू पौड्याल, सि पि मगर, पेमा लामा, अन्जु गुरूङ, दावा तामाङ , दिपेन प्रजाप्रती र नाम्गेल हिसे रहेका छन।

आपतकालिन राहत कोष स्थापनाको लागि आयोजना हुने भाग्यशाली वम्फर उपहार चिठ्ठा कार्यक्रम विङ्गो सिस्टम (कोरियाको लोट्टो खोल्ने तरीका) वाट निश्पक्ष ढङ्गले  खोलिने भएको छ। गुम्बाको लक्ष्य अनुसार ४९९ प्रति टिकट बिक्रि गरिने र ४९९ नम्वर पर्ने गरी वलहरू  ३ वटा वट्टामा राखी  वल तानेर नं. मिलाएर पुरस्कार विजेता घोसणा गर्ने भएको छ। जसनुसार ४५० प्रति गुन्वाका सदस्यहरूलार्इ बाडीसकेको छ उक्त बाडीएको टिकट बिक्री नभएमा फिर्ता नहुने र बिक्री नभएमा व्यक्ति स्वयमले व्यहोर्नु पर्ने पनि बताएको छ।

 साथै उक्त कार्यक्रममा कोरियामा रहनु भएका सम्पुर्ण नेपाली दाजुभार्इ तथा दिदीवहिनीहरूले १/१ प्रति भाग्यशाली वम्फर उपहार चिठ्ठा काटी सहयोग गरी दिनुहुन र कोरियामा रहनु भएका सम्पुर्ण क्षेत्रिय, जातिय, राजनितिक, धार्मिक,सामाजिक सघं सस्था तथा विभिन्न पेशामा आवद्ध नेपाली दाजुभार्इ तथा दिदीवहिनीहरूलार्इ उपस्थिती हुन अनुरोध समेत गरेको छ।

Related

korea 3895337871289739858

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item