मे १९ मा किरात राईहरुको चाड उभौली साकेला भब्य मनाईने l
https://nnkorea.blogspot.com/2013/05/l_6.html
प्रविण राई-सउल, दक्षिण कोरिया l
दक्षिण कोरीयामा बिभिन्न पेशामा आवद्ध रहेका तमाम किराँतीहरुले किराँत राईहरुको मुख्य चाड उभौली साकेला भब्य रुपमा मनाउने भएका छन । किराँतहरुले आफ्नो संस्कार अनुरुप बाली लगाउन शुरु हुने समयलाई उभौली भन्ने गर्छन । उक्त अवसरमा उभौली पुजा भनेर किराँतीहरुले कुल पुज्ने गर्दछन ।
द. कोरीयामा सन् २००१ मा स्थापना भएको किराँत राई यायोक्खा समितीले प्रत्येक बर्ष उभौली भब्य मनाउदै आईरहेका छन् । "किराँतीहरुले भुमीलाई पुज्ने भएकोले उभौली भुमी पुजा पनि भनिन्छ ।" यायोक्खा अध्यक्ष टिका राईले बताउनु भयो ।
यही मे १९ तारिक आइतबारका दिन एमटियु सभाहल बुलग्वाङमा आयोजना हुने कार्यक्रममा सम्पूर्ण नेपाली दाजुभाई, दिदी बहिनीहरुलाई उपस्थितिको लागि आयोजक किराँत राई यायोक्खा द. कोरियाले आव्हान गरेको छ । प्रबेश नि:शुल्क रहेको उक्त कार्यक्रममा स्पेसियल खान-पिन ब्यबस्था तथा औपचारिक र अनौपचारिक कार्यक्रमका साथै साकेला सिली नाच बिशेस रहने आयोजकले जनाएको छ ।

Post a CommentDefault CommentsFacebook Comments