कोरियामा दिलशोभा सम्मान कार्यक्रम र वास्तविकता - जुनु गुरुङ l
https://nnkorea.blogspot.com/2013/05/l_2589.html
जुनु गुरुङ ,दक्षिण कोरिया l
बिविध क्षेत्र र माध्यमबाट सामाजिक क्षेत्रमा सक्रिय हुंदा हुंदै वोमेन फर वोमेन (महिलाको लागी महिला )नामक संस्था मार्फत कोरियामा म प्रत्यक्ष रुपमा समाजसेवामा होमिए। कोरियामा नेपाली दाजु भाई तथा दिदिबहिनीहरूले पाएको दुख र पीडाले मेरो मन चसक्क हुन्थ्यो तर सामान्य सहायोग ,सल्लाह बाहेक उनिहरुका पीडामा साक्षी बस्नुबाहेक म संग अन्य कुनै बिकल्प थिएन। न उनिहरुको पीडामा लगाउने मलम नै थियो म संग थियो त मात्र सहानुभुती र आफूले जाने सम्मको सर-सल्लाह । तर जव वोमेन फर वोमेनको उपाध्यक्ष हुंदै अध्यक्षको जिम्मेवारी लिए पछि म बिशेषत दिदिबहिनीहरूको पीडा संग नजिक हुन पुगे र हाम्रो संस्थाको प्रमुख उदेश्य पनी महिलाहरुकै लागि नै सहायोग गर्नुपर्छ भन्ने थियो। मेरो यो सामाजिक क्षेत्रको कामको दौरानमा मैले धेरै प्रविर्तीहरू नजिकै बाट देख्न र भोग्न पाएं । जिउ ज्यान दिएर समाज सेवामा लाग्ने देखी अरुको खुट्टा तान्ने र भित्र भित्रै समाजमा भाड भैलो मच्चाएर आफ्नो दुनो सोज्याउने सम्म । तर समाज भित्रका यस्ता संकुचित र स्वार्थी मनोविर्ती बोकेकाहरू बारे को चिरफर अर्को लेखमा गर्ने छू । पछिल्लो समय अनावश्यक रुपमा उछालिएको आमा दिल शोभा सम्मान कार्यक्रम र यसका अन्त्रबस्तुबारे बास्तविकता बताउन चाहन्छु।
पुष्पा बस्नेत सी एन एन हिरो भए पछी हामीले दिल शोभा आमालाई कोरियामा ल्याएर सम्मान गर्ने बिषयमा छलफल गरियो । र तीन संस्था वोमेन फर वोमेन ,भिजन नेपाल र नेपालकोरिया न्युजले संयुकत रुपमा कार्यक्रम गर्ने निर्णय गरियो र पछि कोरियामा भव्य रुपमा सम्मान पनी गरियो । जुन रुपमा कोरियाबासी नेपालीहरू र यंहाको संघ संस्थाले सहयोग गर्नुभयो त्यसको लागी म सबै प्रति आभार व्यक्त गर्दछु। र हामी उक्त कार्यक्रम पछि जुन उत्साहित र खुशी भयौं तर त्यो खुशी र उत्साह धेरै समय टिक्न पाएन । आमाको सामान्य कमजोरी र सोझोपनाको फाईदा उठाएर आयोजक र आमा प्रति नै जुन भ्रम छर्ने कार्य भयो त्यो साच्चै निन्दनिय छ।
शुरुमा हामी चार जना (म,पुरु,गिरिराज र आस्था )आमालाई स्वागत गर्न ईन्छन बिमान स्थल गयौं र बाटोमा आउंदा (गाडीमा )उंहाले भाइबर फोन किनिदिन आग्रह गर्नुभयो र हामिले हुन्छ किनिदिन्छौ भन्यौं |
त्यसको भोलि पल्ट आस्थाको कोठामा बस्नुभयो र पर्सिपल्ट (कार्यक्रम हुने दिन )नारी दिवस पनी मनाउने निर्णय भएकोले त्यो पनी संगै भब्य रुपले सम्पन्न भयो। र कार्यक्रममा ७१ लाख २० हजार र वोन संकलन भएको थियो। हाम्रो पूर्व निर्णय अनुसार ४० लाख वोन भन्दा माथी संकलन भए संकलित रकम बाट नै हवाई टिकटको रकम भुक्तानी गर्ने यदि ४० लाख भन्दा कम संकलन भए आयोजकले नै भुक्तानी गर्ने भएको हुंदा त्यहि अनुसार गरियो। तर कतिपयले आमाले क्रिस्चियन धर्मलाई मात्र जोड दिएर अन्य धर्मका अनुयायीको चित्त दुखाउनु भएको कुरा गरे त्यसले आयोजक हुनुको नाताले केही अप्ठेरो समेत महसुस भयो। कार्यक्रमको भोलिपल्ट उंहालाई प्राथना गर्ने ठाउँमा पनी आवश्यक भएकोले नजिकैको चर्चमा राख्ने व्यवस्था गरियो । र खानाको व्यवस्था रुद दाई र मैले गरे। उंहाको २५ तारिखको टिकट थियो तर उंहाले प्रमेश्वरले धर्ति छाडेको दिन २९ तारिख चर्चमा कार्यक्रम हुन्छ म जसरी नी बस्छु भने पछि टिकट क्यान्सल गरियो। र उंहालाई एक्लै नपठाउने कुनै साथी संग पठाउने बिचारले अप्रिल ८ तारिख (मुकुन्द राई र यादव कुंवर ) संग पठाउने भनेर त्यहि दिनको टिकट लिएका थियौं । उंहा बिहान बेलुका चर्चमा बस्ने अनी दिउसो प्राय म संग बस्नुहुन्थ्यो । मैले उंहालाई उपहार स्वरुप एउटा ग्यालक्सीको फोन दिए अनी यसै क्रममा अन्य केही मोबाइल सेट पनी लाने इच्छा व्यक्त गर्नुभयो मैले उंहालाई उंहाले भने बमोजिम मोबाइल पसलमा लगे र उंहाले ४ ओटा १ लाख १० हजारको दरले ४ लाख ४० हजारमा किन्नुभयो। उंहाले किनेको फोन सेकेन्ड ह्यान्ड भएकोले पसलेले चार्जर दिएन (प्राय कोरियामा यस्तै छ)पछी म संग भएको २ जोर ब्याट्टी र चार्जर दिए । बांकी २ ओटाको नेपालमा नै किन्न भने यंहा भन्दा नेपालमा सस्तो हुन्छ भन्ने कुरा पनी बतांए । उंहा संगको बसाईका क्रममा उंहाका नीजी जिवनका धेरै कुराहरू पनी भए कुराकानीकै क्रममा उहाँले मेरो हातमा लगाएको ब्रासेट देखाउंदै’नानी यो कंहा किनेको ‘भनेर सोध्नुभयो मैले ‘यंही कोरियामा नै हो आमा ‘भनेर जवाफ दिए । आश्चार्य मान्दै ‘ए कोरियामा नी यस्तो राम्रो सुन पाईन्छ ?’भनेर सोध्नुभयो। अनी मैले ‘पाईन्छ नी आमा यंहा त नेपालमा भन्दा नी राम्रो पाईन्छ कुनै रसायन हुंदैन’ भनेर बताए। यत्तीकैमा उंहाले आफ्नो कान तीर छाम्दै ‘नानी हेर्नुत मेरो कान पनी बुच्चै छ एउटा टप किन्न पाए हुन्थ्यो ‘भनेर भन्नुभयो । मैले तुरुन्त ‘हुन्छ नी आमा किन नहुनु’ भनेर जवाफ फर्काए । अनी मैले ‘भोली जाऔंला आमा’ भनेर भने । हुन त प्रदेशको ठाउं एक एक मिनेटको समयको महत्व हुन्छ यंहा पैसा भन्दा नी समयको महत्व बढी हुंदो रहेछ तर आमाले भनेकोले नाई भन्न सकिन अनी भोलिपल्ट उंहालाई लिएर सुन पसमा गए। पसलमा पुगेपछी पसलेले बिभिन्न गरगहना देखायो अनि उंहाले सिक्री ,औंठी र ब्रासलेट नाप्नुभयो अनी त्यहि नाप अनुसार १८ तोनको अडर गर्यौं र १९ लाख पेस्की बुझाएर हामी फर्कियौं बाकीं गहना पाउने दिनमा बुझाउने सर्तमा । तीन दिनपछी सुन पसलमा गएर उक्त बांकी रकम बुझाँयौ र गहना लिएर फर्कियौं । बाटोमा आमाले भन्नुभयो ‘नानी अहिले यो सुन तपाईले नै राख्नुहोस् पछी म जाने बेलामा दिनुहोस् ‘भन्नुभयो मैले ‘उसो भए हुन्छ नी त आमा ‘भनेर मैले नै राखे । संग संगै उंहाले ‘यो कुरा कसैलाई नी नभन्नु नानी ‘भन्नुभयो । मैले ‘हुन्छ किन भन्नु र मैले यो सबै हजुरकै त हो नी ‘भनेर भने। कतिपय मानिसहरूले सम्मानको पैसाले सुन किन्दा किन अनुमति दिएको भनेर मलाई प्रश्न गर्नुहुन्छ । हो सकारात्मक भावनाले कतिपयले यो कुरा सोध्दा मैले राम्रै रुपले लिएको छू । तर मैले उंहाले सुन किन्छु भन्दा हुंदैन भन्न मिल्दैन थियो यदि उंहामा
किन्ने नै इच्छा थियो भने उंहाले जंहाबाट र जंहा गए पनी अवश्य किन्नु हुन्थ्यो । अनी अर्को कुरा त्यो संकलित रकम उंहाकै भए पछि संधै उंहाले त्यो पैसा के गर्नुहुन्छ भनेर हामीले चियो चर्चा र अनुगमन गर्ने कुरा पनी हुंदैनथियो । फेरि उंहाले मिडियामा आए अनुसार आफ्नो नीजी सम्पती समेत प्रयोग गरेर बालबालिका र बुढा बुढी पालेको भन्ने मैले बुझेकोले उंहाले जे किने पनी हामीले टाउको दुखाउन जरुरी छैन भन्ने मलाई त्यती खेर पनी लागेको थियो अहिले पनी मेरो मनले त्यहि भन्छ। फेरि न उहाले एनजिओ आई एनजिओबाट सहायोग लिएर यो सामाजिक कार्य गर्नुभएको हो र अर्को कुरा यदि उंहालाई आवश्यक पर्यो भने यो गहना नी बेचेर बुढाबुढीको हेरचाह गर्नुहुने नै छ भन्ने मैले सोचे । त्यो मेरो सोचाई गलत हो जस्तो मलाई अझ पनी लाग्दैन । तर पछि हाम्रा कतिपय प्राविधिक कमजोरी अनी उंहाको सोझोपनाको फाईदा उठाएर समाजमा भाडं भैलो मच्याउने ,संकुचित र आफ्नो स्वार्थलाई केन्द्रमा हालेर संधै नकारात्मक सोच र चिन्तनको ग्रन्थी बोकेकाहरूले उंहालाई ‘प्रोभोक ‘गर्ने कार्य गरे । एक जना अशिक्षित महिलालाई अनेकौं तरिकाले भड्काएर उंहाकै कमजोरीलाई प्रयोग गरेर उंहालाई नै प्रयोग गर्ने काम भयो जसले उंहाको ईज्वत र प्रतिष्ठामा दाग लगाउने कार्य भयो। त्यसैले केही समाजको हित नचाहाने तत्वहरूको भ्रामक ,कपोकल्पित प्रचारबाट दिभ्रमित नहुन सबै दाजुभाई तथा दिदिबहिनीहरूलाई अपिल गर्दछुं । आखिर सत्यको नै जित हुन्छ हाम्रा बिगतका ईतिहासले यहि कुराको पुष्टी गर्दै आएको छ।
(गुरुङ् कोरियामा रहेका नेपाली महिलाहरूको साझा संस्था वोमेन फोर वोमेनकी अध्यक्ष हुन्)

Post a CommentDefault CommentsFacebook Comments