कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या गरे l
https://nnkorea.blogspot.com/2013/05/l_4541.html
अशोक मैनाली,सउल, दक्षिण कोरिया l
कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या गरेका छन्। ईपिएस मार्फत यंहा आएका गुल्मी हर्दीनेटा गाविस वडा न ६ का अर्जुन पन्तले झुन्डिएर आत्महत्या गरेका हुन्।
गुल्मी संपर्क समिती कोरियाका अध्यक्ष शंकर रानाले बताए अनुसार केही समय अघि देखी आफू घर (नेपाल) जाने बताउंदै आएका पन्त आज राती १ बजे आफू कार्यरत कम्पनीको गाडी पार्किङ गर्ने ठाउंमा सल(खादा )ले झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन्। एक बर्ष अघि ईपिएस मार्फत कोरिया आएका २३ बर्षिया पन्त थेगु स्थित मिहोङ सान्नप कपडा कम्पनीमा कार्यरत थिए ।उनी
आगामी शुक्रवार घर जाने बताउंदै आएको उनका सहकर्मीले बताए। रात्रीकालिन
र दिवाकालिन कार्य हुने सो कम्पनीमा ३ जना नेपाली कार्यरत छन। उनी संगै कार्यरत साथिहरूले बताए अनुसार उनको छाती सम्बन्धी समस्या रहेको थियो। अहिले उनको शवलाई प्रहरीले नियन्त्रणमा लिएर उनका सह्कर्मी र कम्पनी मालिक संग स्पष्टिकरण लीइरहेको सौल स्थित नेपाली दूतावासले बताएको छ।
केही दिन अघी मात्र मोरङ्का केवल लिम्बूले कोरियाकै बुसानमा आफैलाई छुरीले हानी आत्मत्याको प्रयास गरेका थिए।

Post a CommentDefault CommentsFacebook Comments