कोरिया पत्रकार महासंघमा नयाँ नेतृत्व l

देवेन्द्र सम्बाहाम्फे , दक्षिण कोरिया l
- पत्रकार महासंघ दक्षिण कोरिया शाखाले नयाँ कार्य समिति चयन गरेको छ । आइतबार सोल ग्लोबल सेन्टरमा भएको चौथो अधिवेशनले अशोक मैनालीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो।
अधिवेशनले उपाध्यक्षमा बीरेन्द्र सुनुवार ,किशोर  कोइराला ,सचिबमा   बिशाल गहतराज सह-सचिबमा  अर्जुन बराल र कोषाध्यक्ष कृष्ण बस्याललाई चयन गरेको छ भने सदस्यहरुमा मन्जु गुरुङ,सुरज गुरुङ ,राजु थापा ,कृष्ण गुरुङ ,मिङमा लामा ,रन्जनराज कुवर रहेका छन ।
रुद्र शर्माको संयोजकत्वमा  मनोज कार्की , बिनोद कुवर ,गंगा थापा ,र प्रकाश धमला रहेको पाँच सदस्यीय निर्बाचन मण्डल रहेको थियो । अधिवेशनबाट केन्द्रीय पार्षदमा देवेन्द्र सम्बाहाम्फे, प्रमुख सल्लाहाकारमा खेम कार्की र सल्लाहाकारमा मीनप्रकाश उप्रेति चुनिएका छन् ।
नव निर्बाचित पदाधिकारीहरुलाई महासंघका केन्द्रीय महासचिब ओम शर्माले   सपथ ख्वाएका थिए ।
तीन चरणमा बिभाजन गरिएको उक्त अधिबेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले राजनीतिक विचार फरक भए पनि नेपाल र  नेपालीको बिकासका लागि एक जुट हुनुपर्ने  बताए ।
एकताले नै कोरियाको विकास सम्भव भएको दाबि गर्दै राजदूत लामाले यसका लागि राष्ट्रले मास्टर प्लान बनाउनु पर्ने औल्याए । कोरियामा रहेका नेपालीहरुको समस्याप्रति दूताबास गम्भीर रहेको जनाउदै लामाले पत्रकारीताको मूल्य मान्यता बिपरित पीत-पत्रकारिता नगर्न सुझाव दिएका थिए । लामाले कार्यक्रमको दोश्रो चरणमा भएको अन्तरकृयामा सोधिएका प्रश्नहरुको जबाफ पनि दिएका थिए ।
अधिबेशनका बिशेष अतिथि रहेका महासचिब ओम शर्माले लोकतन्त्रको लडाइँमा नेपाली पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै गत वर्ष २ सय २८ प्रेस उल्लंघनका घटना भएको खुलासा गरे  ।
धम्कि,अपहरण ,हत्या,कुटपिट जस्ता निन्दनीय ब्यबहार हुँदाहुँदै पनि नेपाली पत्रकारहरुले निर्भिक रुपमा  कर्तब्य पालना गरिरहेको उल्लेख गर्दै  शर्माले श्रम गरेर बचेको समयले पत्रकारिता गर्नु  आफैमा चुनौती भएको बताए । उनले महासंघले गरेको विभिन्न कार्यलाई साथ दिन पनि उपस्थित पत्रकारलाई  निर्देशन  दिए ।

Related

korea 8655043238668410588

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item