सन् २०१४ मा ८ हजार २ सय नेपाली कोरिया जान पाउने

 काठमाण्डौं । दक्षिण कोरियाले आगामी वर्ष ८ हजार २ सय नेपाली कामदारलाई रोजगारीमा लैजाने भएको छ । कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१४ का लागि नेपाललाई ८ हजार २ सय कामदार कोटा दिने भएको हो । ईपीएसका अनुसार सन् २०१४ मा नेपालबाट कोरियाले सो संख्यामा कामदार लैजाने जानकारी गराइसकेको छ ।
यसका लागि आगामी अक्टोबरमा चौथो कोरियन भाषा परीक्षा (केएलटी) को तयारी गरेको छ । ‘दक्षिण कोरियाले सन् २०१४ मा ८ हजार २ सय कामदार भाषा परीक्षामा उत्तीर्ण गराउने जनाएको छ,’ ईपीएसका प्रबन्धक रामचन्द्र गिरीले राजधानीसँग भने, ‘यसका लागि आगामी अक्टोबर महिनामा कोरियन भाषा परीक्षा लिने तयारी कोरियाको छ ।’
अक्टोबर महिनामा भाषा परीक्षा गर्ने तयारी भए पनि आवश्यक प्रक्रिया पूरा गरेर मिति तोक्ने तयारीमा कोरिया रहेको जनाइएको छ । कोरियाले अक्टोबरमा लिन लागेको भाषा परीक्षा नेपालका लागि चौथो हो । यसअघि सन् २००८, २०१० र २०११ मा कोरियाले नेपालमा भाषा परीक्षा सञ्चालन गरिसकेको छ । नेपाल र कोरियाबीच ईपीएसअन्तर्गत कामदार लैजान सन् २००७ मा भएको श्रम सम्झौता पछि सन् २००८ मा पहिलो पटक भाषा परीक्षा भएको थियो । सो परीक्षामा ६ हजार ५ सय ८६ उत्तीर्ण गरी कोरिया जान छनोट भएका थिए राजधानी दैनिकमा खबर छ ।
यस्तै, दोस्रो पटक सन् २०१० मा भएको भाषा परीक्षामा ४ हजार ९६ र तेस्रो पटक सन् २०११ मा १५ हजारभन्दा बढी कामदारलाई कोरियाले उत्तीर्ण गराएको थियो । सन् २०११ मा भएको भाषा परीक्षामा उत्तीर्ण भएका करिब १० हजार कामदार ईपीएसको रोस्टरमा रहने भएपछि सन् २०१३ का लागि सन् २०१२ मा भने कोरियाले नेपालमा भाषा परीक्षा नै स्थगित गरेको थियो । ईपीएसका अनुसार अहिलेसम्म ईपीएसअन्तर्गत कोरिया रोजगारीमा जाने कामदारको संख्या १६ हजार ६ सय पुगेको छ । सन् २०१३ को जनवरीपछि आएको श्रम करार (लेबर कन्ट्र्याक्ट) अन्तर्गत मे २०१३ सम्ममा १ हजार ७ सय ९८ जना कोरिया रोजगारीमा गइसकेको ईपीएसका प्रबन्धक गिरीले जानकारी दिए ।

Related

korea 417181896088575404

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item