कोरियामा बिदेशी माथी व्यापक धरपकड , तमु धिंका अध्यक्ष रामकाजी गुरुङ्ग पक्राउ l
https://nnkorea.blogspot.com/2013/06/l_17.html
अशोक मैनाली (सोल ),कोरिया।
दक्षिण कोरियाको अध्यागमन बिभागले दर्जनौं अवैधानिक नेपाली सहित सयौंको सङ्ख्यामा रहेका बिदेशी नागरिकलाई धरपड गरेको छ। अध्यागमन बिभागले गत बिहिवार कोरियाको छ्नानमा एकै कम्पनीमा कार्यरत १८ जना नेपाली माथी धरपकड गरी समातेर नेपाल फर्काएको छ। त्यस्तै बिगत २२ बर्ष देखि दक्षिण कोरियामा रहेका रामकाजी गुरुङ सहित ३ जना नेपालीहरूलाई हिजो साझ ५ बजे अध्यागमनले पक्राउ गरी नेपाल फर्काउने तयारी गरेको छ। गुरुङहरुको संगठन ‘तमु धी ‘कोरियाका अध्यक्ष समेत रहेका उनी संग्बुकदोङमा रहेको नेपाली दूतावासबाट फर्कदैं गर्दा पक्राउ परेका हुन्। त्यस्तै उईजङ्बु क्षेत्रबाट पनी ४ जना नेपालीहरू पक्राउ परेको र ती मध्य एक जनाको भिषा रहेको तर उनी यस अघि कोरियामा अबैधानिक बसेर राहदानी परिवर्तन गरी कोरिया आएको अध्यामनको दावी छ।
त्यसैगरी यो हप्ता भेतनाम ,थाईल्याण्ड ,मङ्गोलियाका सय जना जति लाई पक्राउ गरेको मजदूर अधिकारवादीहरूले बताएका छ्न्। मजदूर अधिकारवावादीहरूले बिदेशी नागरिकलाई जबरजस्ती र अमानविय ढंगले पक्राउ गरेको भन्दै कडा आपत्ती प्रकट गरेका छन्।
नेपाली दूतावासको आपत्ती
सौल स्थित नेपाली दूतावासले आफ्नो दूतावास हाता बाटै नेपाली नागरिक लाई पक्राउ गरेको भन्दै तिव्र असन्तुष्टी जनाएको छ। दूतावास स्रोतका अनुसार दूतावास हातभित्र जबरजस्ती आफ्ना नागरिक समातिनु कुटनितीक मर्यादा र परम्परा बिपरित रहेको भन्दै तिव्र असन्तुष्टी व्यक्त गरेको छ। हिजो साझ तमु धीका अध्यक्ष समेत रहेका रामकाजी गुरुङ सहित ३ जनालाई दूतावासको गेट नजिकैबाट अध्यागमनले पक्राउ गरेको थियो। कुतनितिक परम्परा अनुसार विदेशी नियोग हाता वरीपरी उक्त नियोगकै आफ्नो देशको कानुन लागु हुने गर्छ ।

Post a CommentDefault CommentsFacebook Comments