कोरियामा दूतावासकै ढोकामा नेपालीमाथि धरपकड l

मीनप्रकाश उप्रेती - सउल ,दक्षिण कोरिया l
दक्षिण कोरियामा राहदानी नविकरणका लागि नेपाली राजदूतावास पुगेर फर्किंदै गर्दा दूतावासको ढोकामै नेपालीमाथि धरपकड भएको छ । गत सोमबार राहदानी नविकरणका लागि कागजात बुझाएर फर्किदै गर्दा कोरियाली अध्यागमन अधिकारीले तीन जना नेपालीलाई ढोकै अगाडी पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा रामकाजि गुरुङ्ग , शान्ति गुरुङ्ग र बिक्रम गुरुङ्ग रहेका छन् ।
अवैधानिक रूपमा कोरिया बस्दै आएका बिक्रम गुरुङ्ग दुर्घटनामा परी हातको उपचार गराई रहेका थिए । उपचारकै लागि बिक्रमको राहदानि नबिकरण गर्नु पर्नेभएको हुँदा सहयोगीको रूपमा राम काजि र शान्ति दूतावास पुगेका थिए । दूतावास भवनको ढोका अगाडिबाट बाहिर निस्कनासाथ गाडीमा तैनाथ रहेका अध्यागमनका कर्मचारीले उनीहरूलाई पक्राउ गरेका थिए । पक्राउपछि हतकडिसहित छेउमा रहेको अध्यागमन कार्यलयमा लगिएको थियो । अनुसन्धानपछि शान्ति गुरुङ्गलाई छाडिएको छ भने रामकाजी र बिक्रम भने हिरासतमै छन् ।

अबैधानिकलाई राहदानीको बिबाद
कोरियामा अबैधानिकरुपमा बस्दै आएका नेपालीको राहदानी नेपाली राजदूतावासले नविकरण गर्ने कि नगर्ने भन्ने बिषय पछिल्लो समयमा बिबादमा पर्दै आएको छ । दूतावास खुल्नासाथ नियोग प्रमुख रहेका यादव खनालले अबैधानिक बसेका नेपालीलाई पनि राहदानी नविकरण गरिदिने नियम बसाएका थिए । तर, वर्तमान उपनियोग प्रमुख राजाराम गर्तौला आएपछि सो प्रकृया रोकिएको थियो । त्यसपछि यहाँ रहेका नेपालीहरुले दूतावासको आलोचना गर्दै राहदानी नविकरण गरिदिन आग्रह गरेका थिए । भिषा अबधि सकिएका नेपालीहरुको पनि राहदानी नविकरण हुनुपर्ने तर्क नेपालीहरुको थियो । उनीहरुले त्यस्ता नेपाली कोरिया सरकारका नजरमा अबैधानिक भए नेपाल सरकारका नजरमा अबैधानिक नहुने तर्क गरेका थिए । त्यसरी बिरोध जनाउनेमा रामकाजी गुरुङ पनि एक थिए ।
एक साताअघि दूतावासद्वारा कोरियाको किमे क्षेत्रमा दिएको घुम्तिसेवामा राजदूत कमानसिंह लामा र अन्य कर्मचारीको निर्णयमा अवैधानिक नेपालीहरूलाई राहदानी वितरण गर्न थालिएको थियो । त्यसबेला वर्तौला भने बिदामा नेपाल गएका थिए । हाल उनी कोरिया फर्किसकेका छन् । आफ्नो परामर्शबिना राहदानी बितरण थालिएको भन्दै बर्तौला रुष्ट रहेको बताइएको छ ।
अवैधानिक नेपालीहरूलाई पुनः राहदानी वितरण गर्न थालिएपछि पहिलोपल्ट दूतावासमा सेवा लिन पुग्ने गुरुङसहितको टोली नै थियो । उनीहरु नै पक्राउ पर्नुलाई कोरियामा रहेका नेपालीहरुले अर्थपूर्ण रुपमा लिएका छन् ।

दुर्भाग्यपूर्णः राजदूत
राजदूत कमान सिंह लामाले दूतावास अगाडि नै नेपालीहरू पक्राउ पर्नु दुखद् भएको बताए । नेको खबरसँग कुरा गर्दै लामाले भने -’यो कुटनीतिक मर्यादा विपरीतको कुरा हो, यसमा म दुःखी छु ।’ कोरियामा सवैभन्दा धेरै चिनियाँ नागरिक अबैधानिक रुपमा बसिरहेको भन्दै उनले प्रश्न गरे-’ कोरियनहरु चिनियाँ दूतावासअघि गएर किन पक्राउ गर्न सक्दैनन ? यो सरासर हामीमाथिको हेपाई हो ।’
पिडितहरुले दूतावासकै इसारामा पक्राउ गरियो भनेका छन् नि ? भन्ने प्रश्नमा लामाले भने-’मलाई त्यस्तो लाग्दैन, यदि त्यस्तो भएको हो भने त्यो दुर्भाग्यपूर्ण हो ।’ कोरियामा केही वर्षदेखि अवैधानिक बस्दै आएका रामकाजि गुरुङ्ग नेपालीहरुबिच चिनिएका सामाजिक ब्यक्तित्व हुन् । कोरियामा शान्तिदिप भित्राउनमा जनस्थरबाट उनको मुख्य भूमिका रहेको थियो ।

दूतावासभित्रैबाट षडयन्त्रः गुरुङ
पक्राउपछि नेकोखबरसँग टेलिफोनमा कुरा गर्दै गुरुङ्गले आफूलाई दूतावास भित्रैका ब्याक्तिको सुनियोजित इसारामा पक्राउ गरिएको दावी गरे । कोरियामा सामान्यतया पक्राउ गर्नुअघि परिचयपत्र माग्ने गरिन्छ अनि अवैधानिक भए मात्र हतकडी लगाईन्छ । तर, आफुहरुलाई बिना सोधपुछ पक्रनुमा पहिलेनै जानकारी थियो भन्ने देखिएको भन्दै गुरुङले भने ‘पक्राउपछि जानकारी लिन गएका कोरियन लामा धर्मालम्बिहरुको टोलीलाई अध्यागमनका कर्मचारीले माथिल्लै स्तरबाट पक्राउ गर्न आदेश आएका कारण गुरुङ्लाई समातेका हौं भनेछन ।’
दूतावासले जवाफ दिनुपर्छः सिटौला
गैर आवासीय नेपाली सङ्घ कोरियाका अध्क्षय केपी सिटौलाले घटना निन्दनिय भएको बताए । ‘पक्राउ पर्नेहरु कोरियन सरकारको लागि अवैधानिक भए पनि नेपालका लागि त होईनन नि, किन यस किसिमका घटना दूतावासको ढोकामै घट्दै छन् ? सीटौलाले प्रश्न गरे-अब कोरियामा रहेका नेपालीले कसको साहारा लिने ? रामकाजिलाई पक्राउ गर्नु ठूलो कुरा नभए पनि घटनाको प्रकृति भने खेद र आपित्तजनक भएको सिटौलाको भनाई थियो । यसको चित्त बुझ्दो जबाफ दूतावासले दिनुपर्ने सिटौलाले बताए ।
कोरियामा करिब पच्चिस सयको सङ्ख्यामा अवैधानिक नेपालीहरू रहेका छन् । राहदानी नबिकरणका लागि दूतावासमा जानु पर्ने भएका कारण पक्राउ परिने डरले उनीहरू त्रसित बनेका छन् ।

Related

korea 8833923275881071137

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item