नेपाली दूतावास कोरियाले आइतबार सेवा दिने l

 मीन प्रकाश उप्रेती -सउल ,कोरिया l
नेपाली दूतावास कोरियाले आइतबार घुम्ती सेवाको थालनी गरेको छ । दूतवासद्धारा मङ्गलवार जारी एक सूचना अनुसार उक्त सेवा पहिलो चरणमा राजधानी बाहिरको किमे क्षेत्रमा आइतबार ९ तारिखमा तय गरिएको छ । किमेस्थित प्रवासी मजदुर सहयोग केन्द्रको भवनमा हुन लागेको शिविरमा किमे क्षेत्र र आसपासमा रहेका नेपालीहरूलाई उपस्थित हुन र लाभ लिन अनुरोध गरिएको छ ।

कोरियामा नेपालीहरुका समस्या र सावाधानका लागि नेपाली दूतावास चिन्तित रहेको राजदूत कमान सिंह लामाले बताउनु भएको छ । "हामीले कोरियामा नेपालीहरूलाई सहयोगका लागि बिदाको दिन सँधै आइतबार दुतावासबाट सेवा दिन खोजिएको छ तर बजेटको अभाव छ" राजदूत लामाले भन्नु भयो - "भोको पेट लिएर काम गर्न जानु त भन्न सक्दैनौँ नि ।"

हाल भएको रकमले पहिलो चरणको कार्यक्रम सुरु गर्न लागिएको भन्दै उहाँले नेपाल सरकारसँग रकम माग गरी यसलाई निरन्तरता दिने लक्ष्य रहेको बताउनु भयो । घुम्ति शिबिरमा राहादानीलाई प्रमुख प्राथमिकता दिएको छ । हाल रहेको हस्तलिखित राहादानीको समय अवधि २०१५ नोभम्बर २४ देखि समाप्त हुने हुँदा एमआरपी राहदानी लिन सबैमा अनुरोध गरिएको छ ।

उक्त कार्यका लागि नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल अथवा सक्कल पछि पेस गर्ने गरी स्पष्ट बुझिने नागरिकताको प्रतिलिपि पेस गर्नुपर्ने छ । यसै गरी फोटो ४ प्रति, राहदानी दस्तुर-१८७,५०० कोरियन वन, हराएको राहदानीका लागि प्रहरी रिपोर्ट पेस गर्न जानकारी गराईएको छ । राहादानी हराएको, च्यातिएको र कुरा स्पष्ट नबुझिने भएमा दस्तुर राजस्व ३७५,०० कोरियन वन लाग्ने जनाईएको छ ।

हाल कोरियामा प्रति महिना ३०० नेपालीले राहदानी नबिकरण गर्ने गरेका छन् भने अवैधानिक बसी नेपाल फर्कन ट्रभल डकुमेण्ट बनाउनेको सङ्ख्या प्रतिमहिना ३२ रहेको छ ।

Related

korea 1832556996496521697

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item