एन आर एन कोरियाको क्षेत्रीय कमिटीले प्रदिप खड्काको बिदाई तथा शुभकामना कार्यक्रम गर्ने |

निर्मल थपलिया 
जुलाई २५/ किम्हे l

एन आर एन कोरियाको क्षेत्रीय कमिटीले समाज सेवी  प्रदिप खड्काको बिदाई तथा शुभकामना कार्यक्रम गर्नेभएको छ |  कोरियाको दक्षिणी भेग किम्हे बुसान क्षेत्रमा रहेर बिगतका ५ वर्षा देखि विभिन्न समुहमा रही समाज सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका प्रदिप खड्का यहि आउदो अगष्ट ९  तारिकका दिन  पहिले कार्यावधि पुरा गरि नेपाल फर्कन लाग्नु भएको छ | यस अघि एन सी सी को क्षेत्रीय कमिटि, एन आर एन को क्षेत्रीय कमिटिमा रही काम गर्नु भएको खड्का हाल किम्हे मैग्रंट्स हाउसको शाखा कमिटि प्रबाशी खेलकुद कमिटिका सचिब हुनुहुन्छ | पहिले ४ बर्ष १० महिना पुरा गरि दोश्रो  बर्ष १० महिनाको लागि विसा थप गर्नु भएको खड्काको लागि एन आर एन कोरियाको क्षेत्रीय कमिटि (बुसान उल्सन ख्यांग्नम)ले यह आउदो जुलाई २८ आइतबारका दिन  किम्हे मैग्रंट्स हाउसमा बिदाई तथा दोस्रो कार्यकालको लागि शुभकामना कार्यक्रम राखेको छ |  भर्खर सम्पन्न भएको महाधिबेसनबाट कार्यसमितिमा छनौट हुनुभएका सम्पूर्ण पदाधिकारी तथा महाधिबेसन सफल गराउन सहयोग गर्नु हुने सम्पूर्ण नेपाली दाजु भाई, दिदि बहिनि तथा शुभचिन्तकहरुलाई उक्त दिन कार्यक्रममा सहभागी भई दिन हुन कमिटिका अध्यक्ष दीपक राज रेग्मीले अनुरोध गर्नु भएको छ | पहिले कार्यकालमा गर्नु भएको समाजसेवाको कदर गर्दै बिदाई गर्न लागिएको र दोश्रो कार्यकालमा पनि अझ समाज सेवामा थप उर्जा प्राप्ति होस् र कोरियाको बसाई अवधि सफल रहोस भनि सो कार्यक्रम आयोजना लागिएको पनि बताउनु भयो | 

Related

korea 7195815015636609340

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item