कोरियामा १९औं बिश्व आदिवासी दिवश अगष्ट १८ तारिख मनाईने l


संसार भर छरिएर रहेका आदिवासीहरुको हक अधिकार सुनिश्चितताको लागि संयुक्त राष्टसंघ द्वारा घोषित “अगष्ट ९” तारिख १९ औ विश्व आदिवासी दिवशको अवसरमा बिभिन्न नाराको शिलशिलामा नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले आगामी अगष्ट ११ तारिख मनाउने भनिएकोमा सोहि दिन एनआरएन कोरियाको अधिवेशन भएकोले कार्यक्रम नजुधाईदिन अनुरोध गरिएकोले मिति परिबर्तन गरि अगस्त १८ तारिख आईतबारका दिन गर्ने निर्णय गरिएको बताएको छ ।

उक्त दिन कुनै पनि संघ संस्थाहरुले कार्यक्रम नजुधाई नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाद्वारा आयोजित १९ औं विश्व आदिवासी दिवशमा उपस्थित भई कार्यक्रम भब्यताकोसाथ सफल पारिदिनु हुन जातिय, क्षेत्रिय, राजनैतिक एबम सामाजिक संघ संस्थाका साथै समाजसेबि, बुद्धिजिवी,ब्यापारी ,पत्रकार, बिद्यार्थी र रोजगारमा आवद्ध दाजुभाई तथा दिदीबहिनीहरुलाइ हार्दिक अनुरोध गरिएको छ।

साथै संस्थाको तेश्रो साधारण सभा(अधिवेशन) आगामी सेप्टेम्बर ८ तारिख गरिने भएकोले साधारण सदस्यहरुले नबिकरण गर्नु हुन वा नया सदस्यता लिनु हुन पनि अनुरोध गरिन्छ। साथै बिश्व आदिवासी दिवश र साधारण सभा हुने स्थान अर्को सुचनामा प्रकाशन गरिने बताएको छ।

Related

korea 7523696674446581515

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item