एन आर एन क्षेत्रीय कमिटीको महाधिबेशनको मिती घोषणा, अध्यक्ष मधुसुधन महतको बिदाई |
https://nnkorea.blogspot.com/2013/07/blog-post_8.html
निर्मल थपलिया -किम्हे ,कोरिया l
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, कोरियाको एक मात्र क्षेत्रीय कमिटी बुसान, उल्सन , ख्यंग सांग नाम दो क्षेत्रलाई समेटेर गठन गरिएको संस्थाको अधिबेशनको मिती जुलाई २८ को दिन तय भएको छ |
राष्ट्रिय समन्वय परिषदले अधिबेसन गराउनको लागि तोके अनुसार अधिबेशनको तयारी गर्दा गर्दै अध्यक्ष मधु सुधन महत कोरिया कार्य अवधि सकिनु अगाबै स्वदेश फर्कने हुनु भए पछि उपाध्यक्ष दिपक राज रेग्मीले कार्यबाहक अध्यक्षको भूमिकामा अधिबेशन सम्पन्न गराउने हुनु भएको छ | गत फेब्रुअरी १७ मा एन सी सी किम्हे र एन सी सी बुसान उल्सन ख्यंग नाम को क्षेत्रीय कमिटी लाई एन आर एन को क्षेत्रीय कमिटीमा समाबेस गरिए पछि दिपक राज रेग्मी उपाध्यक्ष हुनु भएको थियो | किम्हे क्षेत्रमा बरिस्ठ समाज सेविको भूमिकामा चिनिनु भएका रेग्मी एन आर एन आइसीसी कोरियाको उपाध्यक्षको लागि गत अधिबेसनमा सामान्य त्रुटिको कारण हार बेहोर्नु परेको थियो | सो समय यता एन आर एन कोरियाको संस्थागत काममा कोहि निस्क्रिय देखिनु भएका रेग्मी आगामी दिनमा सक्रिय भएर लाग्ने लक्षण देखिएको छ | क्षेत्रको महाधिबेसनको लागि आर्थिक कमजोरीको कारणले किम्हे मैग्रंट्स हाउसमा गर्न लागिएको छ | अधिबेसनको लागि क. बा अध्यक्ष दिपक राज रेग्मीको साथमा केहि कार्य समिति पनि थप भएको समितिका सचिब आनन्द कोइरालाले जनाउनु भएको छ | जस अनुसार अहिले कार्यसमितिमा उपाध्यक्ष -भुवन बस्नेत,चन्द्र फुयाल, स. सचिब - रामचन्द्र पन्त, कोषाध्यक्ष- महेश्वर कर्माचार्य, सदस्य हरु - सन्जिब पाठक,प्रदिप खड्का,श्याम सुबेदी रहेका छन् | यस संस्था प्रति आस्था राख्नु हुने सबै नेपाली समुदायको गरिमामय उपस्थितिको लागि समितिले अनुरोध गरेको छ |
अध्यक्ष मधु सुधन महतले जुलाई ८ का दिन भएको बिदाई कार्यक्रममा सबैलाई धन्यवाद दिदै आफैले अधिबेसन गराउने तयारी गर्दा गर्दै बिशेस कारणले नेपाल जानु परेको जानकारी दिनु भयो | उहाँ जुलाई १० का दिन नेपालको लागि उडान हुने पक्का भएको छ |

Post a CommentDefault CommentsFacebook Comments