कोरियन भाषा सिक्दैमा कोरियामा रोजगारी ग्यारेन्टी हुँदैन: सरकार l

भाषा परीक्षा असोजमा, भदौमा फाराम दर्ता गर्नुपर्ने l

काठमाडौं । कोरियामा रोजगारीका लागि सरकारले कोरियन भाषा परीक्षाको मिति तोकेको छ । आगामी असोज २० र २१ गते (अक्टोबर ६ र ७) भाषा परीक्षा हुने वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखाले जनाएको छ । परीक्षाको नतिजा कात्तिक ४ (अक्टोरबर २१) मा प्रकाशन हुनेछ । तर, कोरियन भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरियामा रोजगारीको ग्यारेन्टी नहुने नेपाल सरकारले जनाएको छ ।

‘कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीका लागि आवेदन दिन योग्य हुनु हो तर कोरियामा रोजगारी पाउने ग्यारेन्टी होइन’, वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आफ्नो सूचनामा भनेको छ,’भाषा परीक्षामा उत्तीर्ण भएता पनि स्वास्थ्य परीक्षणमा असफल हुने, प्रहरी रिपोर्टमा प्रतिकूल भएका वा गणतन्त्र कोरियामा गई गैह्र कानूनीरुपमा बसोबास गरेका व्यक्तिहरु कोरिायमा रोजगारीका लागि अयोग्य ठहरिने छन् ।’

कोरियन भाषा परीक्षा दिएर उर्त्तीण भए पनि लेबर कन्ट्रयाक्ट र भिषा प्राप्त नहुँदासम्म आफूले गरिरहेको रोजगारी नछाड्न नेपाल सरकारले युवाहरुलाई सतर्क गराएको छ ।

यस्तो छ कोरियन भाषाको परीक्षा तालिका
कोरियन भाषा परीक्षाका लागि भदौ ५ देखि ८ गतेसम्म बिहान ९ देखि बेलुकी ६ बजेसम्म परीक्षा आवेदन फाराम पेश गर्ने समय तय गरिएको छ । काठमाडौं उपत्यकाभित्र सानो गौचरण ज्ञानेश्वर, सिद्धार्थ वनस्थली, ल्याबरोटरी स्कुल कीर्तिपुरमा फाराम बुझाउन सकिनेछ । त्यस्तै, उपत्यकाबाहिर धरान सभागृह र बुटवल प्रदर्शनी मण्डपमा पनि फाराम संकलन केन्द्र रहनेछन् ।

अरुको आवेदन बुझाउन नपाइने 
अरुको आवेदन बुझाउन नपाइने एपिएस शाखाले जनाएको छ । फाराम बुझाउन आउँदा राहदानी वा नागरिकता साथमा ल्याउनुपर्नेछ । इपिएसका अनुसार, परीक्षा फाराम बुझाउन २४ अमेरिकी डलर -करिब २ हजार ३ सय रुपैयाँ) बुझाउनुपर्ने छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको व्यक्तिले आवेदन गर्न सक्नेछन् ।

नेपालबाट प्रशिक्षार्थी कामदार कोरिया पठाउने सम्बन्धमा दक्षिण कोरिया सरकार र नेपाल सरकारबीच सम्पन्न समझदारी (एमओयू) अनुसार रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियामा नेपाली कामदार जाने गरेका छन् । यसअघि तीनपटक भाषा परीक्षा सञ्चालन भइसकेको छ । भाषा परीक्षा उत्तीर्ण भएकाले कोरियामा रोजगार आवेदन फाराम भर्न पाउँछन् र उनीहरुलाई कोरियास्थित विभिन्न रोजगारदाता कम्पनीले छनौट गरेर रोजगारीमा बोलाउँछन् ।

८ हजार भन्दा बढी उत्तीर्ण हुने अनुमान

करिब ८ हजार २ सय परीक्षार्थी उत्तीर्ण हुने अनुमान सरकारले गरेको छ । उत्पादनमुलक क्षेत्र र पशुपालन गरी भिन्दाभिन्दै विषयको परीक्षा हुने जनाइएको छ । उत्पादनमुलकतर्फ ४ हजार ६ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ ३ हजार ६ सय उत्तीर्ण हुने अनुमान गरिएको छ । जुन परीक्षा उत्तीर्ण गरेको हो, त्यससम्बन्धी कामको लागि मात्र आवेदन गर्न पाइनेछ ।

भाषा परीक्षामा उच्चतम अंक ल्याउने ३० प्रतिशत परीक्षार्थीले सीप परीक्षामा समेत सहभागी हुन सक्ने र त्यसमा उत्कृष्ट अंक ल्याउने परीक्षार्थीलाई प्राथमिकतामा रोजगार दिन कोरिया सरकारले त्यहाँका कम्पनीहरुलाई सिफारिश गर्नेछ । विभागका अनुसार भाषा परीक्षा उत्तीर्ण गर्नेहरुको नाम वैदेशिक रोजगार विभागमा सूचीकृत गरिने छ र त्यस्तो सूचीमा भएका व्यक्तिलाई मात्र कोरिायका रोजगारदाताहरुले रोजगारी दिने छन् । त्यसैगरी इपीएसमा नेपाल सरकारबाहेक कुनै पनि निजी संघसंस्थाले मान्यता पाउने छैनन् ।

महिलाले दुःख नगर्नु जाती
कोरियामा महिलाहरुको रोजगारी दर अत्यन्त न्यून रहेको भन्दै नेपाल सरकारले ध्यानाकर्षण गराएको छ । ‘कामको प्रकृति, रोजगारदाताको प्राथमिकता, पुरुष कामदारको तुलनामा महिला कामदारको रोजगारी दर तुलनात्मक रुपमा न्यून रहेको जानकारी गराइन्छ ।’- शुक्रबार जारी इपीएस कोरिया शाखाको सार्वजनिक सूचनामा भनिएको छ ।
साभार :अनलाइन खबर 

Related

news 348979602973598968

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item