एन आर एन कोरियाको क्षेत्रीय कमिटीको अधिबेसन सम्पन्न l

निर्मल थपलिया/ जुलाई २१ / किम्हे 


                     अध्यक्षमा दिपक राज रेग्मी निर्बिरोध चयन |
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय कमिटि कोरिया , क्षेत्रीय कमिटि बुसान उल्सन ख्यंग नाम, समितिको दोस्रो अधिबेसन जुलाई २१ तारिकको दिन किम्हेको वाई एम सी ए हलमा सम्पन्न भएको छ | अधिबेसनले  संयोजक दिपकराज रेग्मीलाई अध्यक्ष पदमा चयन गरेको छ | एन आर एन कोरियाका अध्यक्ष के पी सिटौलाको प्रमुख आथित्य तथा  क्षेत्रीय कमिटिका अधिबेसन आयोजक कमिटिका अध्यक्ष दिपक राज रेग्मीको अध्यक्षतामा सम्पन्न पहिलो चरणको औपचारिक कार्यक्रममा आर्थिक तथा संगठनिक प्रतिबेदन पास गर्दै बन्द सत्रमा प्रवेश गरेको थियो | सो कार्यक्रममा  अथितिमा एन आर एन कोरियाको तर्फबाट सल्लाहकार तथा किम्हे मैग्रंट्स हाउसका संचालक यज्ञ राज सुबेदी,  सदस्यहरु नारायण थपलिया निर्मल, लोक नाथ खरेल, भारत सेढाई र हरिकृष्ण श्रेष्ट थिए | अन्य अथितिहरुमा मकवानपुर समितिका अध्यक्ष दुर्गा दाहाल नेपाल पत्रकार महासंघकोरिया शाखाका उपाध्यक्ष बिरेन्द्र सुनुवार, सरोकारको तर्फबाट पत्रकार मधु पाण्डे,  किम्हे संस्कृतिक परिवारका अध्यक्ष  प्रसान्त बानिया, प्रबाशी खेलकुद समितिका प्रदिप खड्का,जनसम्पर्क समितिका बुसानका अध्यक्ष नेत्र पौडेल , नेपाली लोकतन्त्र मंच (एन डी एफ)  बुसानका अध्यक्ष ध्रुब पौडेल,उल्सानबाट नबराज वाग्ले,  यांसंग परिवारका तर्फबाट महेश राना,खजे दो बाट तिर्थ राज पाण्डे, अथितिहरुले आफ्नो तर्फबाट स्वच्छ र निस्पक्ष कार्यसमितिको चयनमा जोड दिदै मन्तब्य दिएका थिए |  मन्तब्यको क्रममा एन आर एन कोरियाका अध्यक्ष के पी सिटौलाले एन आर एन एउटा अभियान भएको सबैलाई बुझ्न अनुरोध गर्दै बिदेशमा आर्जेको सिप र लगानी स्वदेश फर्काउने यसको मुख्य लक्ष भएको बताउनु भयो | संसारभरी छरिएर रहेका नेपालीलाई एकतामा बाध्ने काम एन आर एन ले गरेको बताउदै हरेक मुलुकमा राजदुताबासमा एन आर एन डेस्क राख्ने काम अगाडी बढिरहेको बताउनु भयो | क्षेत्रीय समितिले एन आर एन कोरियालाई माथ गर्ने खालका काम गरेर एन आर एन एन सी सी संग प्रस्तिस्पर्दा गर्न सक्ने कुरामा सबै कार्यसमितिले एक भएर काम गर्नु पर्ने बताउनु  भयो | सल्लाहकार यज्ञ राज सुबेदीले एन आर एन कोरियालाई कमजोर बनाएर एन सी सी कोरियाको न पुर्याउन नया निर्बाचित कार्यसमितिलाई सुझाब दिनु भयो | कार्यक्रमको संचालन आयोजक कमिटिका सह संजोजक लक्ष्मण दाहालले गरेका थिए |
एन आर एन कोरियाका अध्यक्ष के पी सिटौलाको संजोजकत्वमा यज्ञ राज सुबेदी, निर्मल थपलिया, लोकनाथ खरेल, भारत सेढाई, हरिकृष्ण श्रेष्ठ र बिरेन्द्र सुनुवार रहने गरि ७ सदस्यीय निर्बाचन मण्डल चयन गरिएको थियो |सर्ब सहमति बाट चयन भएको कार्यसमितिमा अध्यक्ष पदको लागि दिपक राज रेग्मीको एकमात्र निबेदन परेको थियो | उपाध्यक्ष पदको लागि ४ जनाको निबेदन परेकोमा चन्द्र फुयाल र ध्रुब पौडेलले सहमतिमा छाडे पछि तिर्थ राज पाण्डे र महेश राना चयन भएका थिए | सचिवको लागि एक मात्र नविन्द्र दाहालको निबेदन परेको थियो| स. सचिबमा सरोज तिवारीको एक मात्र निबेदन थियो | कोषाध्यक्षको लागि २ जनाको निबेदनमा रबि गौचनले सहमतिमा रामप्रसाद पन्तलाई छाडेका थिए | त्यसैगरी सदस्यहरु तेज प्रसाद उप्रेती, रामप्रसाद खराल लक्ष्मण दाहाल र बिकाश गिरी ४ जनाको निबेदनमा सबै जना चयन भएका थिए |
एन आर एनकोरियाको क्षेत्रीय कमिटिका दोश्रो अधिबेसनबाट चयन भएका एक महिला सदस्य पछि थप गर्ने गरि ११ सदस्यीय कार्य समितिका  पदाधिकारीहरु  यस प्रकार रहेका  छन |

अध्यक्ष -  दिपक राज रेग्मी
उपाध्यक्ष - तिर्थ राज पाण्डे
उपाध्यक्ष - महेश राना
सचिवको -  नविन्द्र दाहाल
स. सचिब- सरोज तिवारी
कोषाध्यक्ष - रामप्रसाद पन्त
सदस्य -तेज प्रसाद उप्रेती,
सदस्य - रामप्रसाद खराल
सदस्य - लक्ष्मण दाहाल र
सदस्य - बिकाश गिरी 

Related

korea 6129872128818427668

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item