अगस्ट ११ मा कोरियामा १९ औं विश्व आदिवासी दिवश मनाईने l

 यम श्रीस मगर ,सउल, दक्षिण कोरिया l
विश्व आदिवासी दिवश आदिवासी जनजातिहरु माथि हुँदै आएका
आर्थिक,सामाजिक,राजनीतिकतथा साँस्कृतिक,भाषिक र धार्मिक विश्वास प्रतिको विभेद र उत्पिडनका बिरुद्धमा आदिवासीजनजातिहरुले गर्दै आएका अनेकौ संघर्ष र आन्दोलनको प्रतिफलहो। विश्वआदिवासीदिवश घोषणा हुँदाको बखत देखीआज सम्मविश्वको आर्थिक,सामाजिक र राजनीतिक परिवेशमा धेरै परिवर्तनहरु भएका छन्। र आदिवासी जनजातिहरुका जीवन परिवेशमा पनि कैयन परिवर्तन भएपनि गुणात्मक परिवर्तन भएका छैनन्।यो कुरा बिश्व र नेपालको सन्दर्भमापनि सत्य हो।

 सन १९९३ आई आदिवासीबर्ष,९ अगस्तलाई विश्व आदिवासीदिवश र सन् १९९५ देखि २००४ सम्मलाई आदिवासीदशक घोषणा भइरहदा नेपालमा भरखर बहुदल आएको थियो। र, नेपालका आदिवासी जनजातिहरुमा जनचेतनाको जागरणको सञ्चार हुनथालेको थियो। अहिले हामीहरुले विश्व आदिवासी दिवश घोषणा भएको १९ औं बर्षमा प्रबेश गरेका छौं। नेपालमा आदिवासी जनजातिहरुको जनचेतना हिजोको भन्दा धेरै माथि उठेको छ। संगठित हुने क्रमपनि बढेर भएको छ। आफ्ना हक अधिकारको लागि आदिवासीजनजातिहरुले आवाज र आन्दोलन सडक देखि सदन सम्म उठाईरहेका छन्। यो सकरात्मकपक्ष हो। तथापी आदिवासीजनजातिहरुमाथिको दमन , उत्पीडन र विभेदबाट मुक्त र आधारभुत हकअधिकार प्राप्त गरी त्यसको उपभोग गर्ने स्तरमाभने आवाज र आन्दोलन उठ्न र संगठित हुन सकेको छैन्। त्यसकारण विश्व आदिवासीदिवशको सन्दर्भमा मनन र आत्मसाथ गर्नु पर्ने मुलभुत बिषय अब आदिवासीजनजातिहरु आर्थिक,राजनीतिक र सामाजिक लगायतका कम्तिमा आधारभुत हकअधिकार प्राप्तगरि जीवनउपयोगी बनाउने गरी आवाज र आन्दोलनलाई उठाउनको लागि सचेत,संगठित र संयुक्त पहल गर्नुको बिकल्प छैन। बिश्व आदिवासी दिवशलाई ओपचारिक र उत्सवकोरुपमामात्रहोइनआन्दोलनको रुपमाबुझ्नु र अगाडी बढाउनु आवश्यक छ।
 यस कोरियालीभुमीमा नेपालआदिवासीजनजातिमहासंघ गणतन्त्र कोरियाले बर्षनै मनाउँदै आएको बिश्वआदिवासीदिवश यस बर्षको समय र परिस्थितिलाई मध्यनजर गर्दै अगस्त ११ तारिख आईतबारकादिन १९ औं बिश्व आदिवासी दिवश मनाइने भएकोछ। अतःकोरियामाभएको सम्पुर्ण जातिय संघ संस्थालगायतअन्य संस्थाहरुकापदाधिकारी तथा सम्पुर्ण नेपालीदाजुभाई दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी भइदिन हुन हार्दिक निमन्त्रणा गरिएको छ।

कार्यक्रमहुने मिति : २०१३ अगस्त ११ तारिख आइतबार
समयदिनको ठीक १ बजे
स्थानः अर्को सुचनामाजानकारी गराइनेछ।
आयोजक: नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरिया।

Related

korea 8385601827922683229

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item