किम्हेमा एमाले नेता योगेश भट्टराईसंगको अन्तरक्रिया सम्पन्न |

                          समय अनुसार सबै गुन्डाहरु बडारिने छन् |

निर्मल थपलिया /जुलाई१४ /किम्हे l


 ने क पा ए मालेमा युवा नेता योगेश भट्टराईले समय अनुसार राजनैतिक दलमा लागेका सबै गुन्डाहरु बडारिने बताउनु भएको छ |  राजनैतिक दलका नेता हरुले संरक्षण दिएर राखेर गुन्डाहरुको कुनै पार्टी नहुने र आफ्नु स्वार्थ पुरा गर्न जुनसुकै पार्टीमा पनि जना र आउन सक्ने बताउंदै यस्ता डनहरुको बिरुद्धमा आफु लगायत युवा शक्ति एकजुट भएर उचित समयमा बडार्ने बताउनु भएको छ | छिमेकी राष्ट्र भारतको बिहार प्रान्तमा मुख्य मन्त्रि हुदा नितिस कुमारले आफ्नु समर्थक र बिपक्षी गरि ६०० जना गुन्डाहरुको  हत्या गरि प्रति रक्षामा मारिएको भनि प्रमाण बनाई बिहारको बिकाश गर्न सम्भव भएको प्रसङ्ग स्मरण गराउदै नेपालमा पनि अब गुन्डाहरुको अवस्था त्यस्तो भएमा बिकाश गर्न सम्भव हुने बताउनु भएको छ | विधिको शासन भएमा मात्र देशको उन्नति विकास सम्भव हुने भएको हुदा अब त्यसको लागि सबै दलका युवा नेता एकजुट भएर त्यसको लागि छलफल गर्ने गरेको कुरा पनि बताउनु  भयो | ने क पा एमाले भित्रका प्रभावशाली मानिएका नेता भट्टराईले राष्ट्रमा  ठुला लगानी गर्न चाहनेको लागि राज्यले सुरक्षा दिने कुराको ग्यारन्टी दिनेछु भने पनि साना लगानी गरि उद्धमी बन्न  चाहनेको लागि कस्तो र कसरि सुरक्षा राज्यले दिन्छ बताउन सक्नु भएन |

 किम्हे मैग्रंट्स हाउसको आयोजनामा गरिएको अनौपचारिक अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले कोरियाको आर्थिक अवस्था नेपालको भन्दा नाजुक भएको इतिहास स्मरण गराउदै  स्रोत साधनले सम्पन्न हाम्रो देश नेपालमा विकास तिब्र गतिमा गर्न सकिने भएता पनि राजनैतिक अस्थिरताको अन्त्य हुनासाथ छिट्टै विकासले गति लिने बताउनु भयो | राजनैतिक अस्थिरताको बाबजुत पनि विकास हुने क्रम नरोकिएको केहि उदहारण दिदै परदेशमा रहनु हुने राष्ट्र प्रेमी जनताहरु आशाबादी हुनुपर्नेमा जोड दिनु भयो |
 राष्ट्र विकास र हाम्रो भूमिका बिषयमा उपस्थित नेपालीहरुले सोधेका बिबिध प्रस्नको जवाफ दिने कोशिस गरेता पनि नेपाली राजनीतिले बितृष्णा जमाएको परदेशी कामदारहरु  उहाँको भनाइ प्रति आस्वस्त  हुन सकेका थिएनन् | भट्टराईको व्यक्तित्व को कारण सबै उपस्थित सहभागीले सकारात्मक व्यवहार गरेतापनि पछाडी नेपाली नेता सबै उस्तै हुन् भन्नेहरु प्रसस्त थिए |
अन्तरक्रियाको क्रममा भट्टराईले राजनैतिक दल भन्दा पनि सबैको प्रतिनिधित्व भएकोले राजनैतिक कुरा भन्दा पनि राष्ट्र बिकासको लागि बिदेशमा रहनु भएको नेपालीको भूमिकामा जोड दिनु भएको थियो |  कार्यक्रममा बुसान क्षेत्रका १०० जना भन्दा बढी नेपालीको सहभागिता थियो |  सोहि कार्यक्रममा इसारा रेमिटको प्रतिनिधिले कोरिया को हाना बैंक र नेपालको सानिमा बैंक बीच काम गरि सस्तो र सुलभ मा नेपाल पैसा पठाउने व्यवस्था मिलाएको जानकारी दिनु भएको थियो |

Related

korea 6310095449072178053

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item