एन आर एन कोरियाको क्षेत्रीय कमिटिको अधिबेसन जुलाई २१ मा नै हुने |

निर्मल थपलिया/ जुलाई १४ / किम्हे -
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय कमिटि कोरिया , क्षेत्रीय कमिटि बुसान उल्सन ख्यंग नाम, समितिको अधिबेसन यहि जुलाई २१ तारिक गर्ने भएको छ | अधिबेसन किम्हेको वाई एम सी य (YMCA ) सभा हलमा दिनको ठिक २ बजे शुरु गर्ने पनि भेलाले जनाएको छ | अधिबेसनलाई सफल पार्न प्रमुख अथिति एन आर एन कोरिया को अध्यक्ष के पी सिटौला आउने निश्चित भएको छ |

 समितिका अध्यक्ष मधु सुधन महत नेपाल फर्कने हुनु भए पछि जुलाई २८ दिन अधिबेसन गर्ने गरि निर्णय गरि का. बा अध्यक्ष दिपक राज रेग्मी समिति सुम्पेर जानु भएतापनि एन आर एन कोरियाको अधिबेसनको तयारीको लागि लाग्नुपर्ने भएकोले समय अभाव भएकोले जुलाई २१ तारिक गर्ने भएको हो |  जुलाई १४ का दिन किम्हे मैग्रंट्स हाउसमा का बा अध्यक्ष दिपक राज रेग्मीको अध्यक्षतामा बसेको बैठकले  उक्क्त महाधिबेसन सार्ने निर्णय गरेको हो |  एन आर एन कोरिया को केन्द्रिय सदस्य निर्मल थपलियाको उपस्थितिमा उक्क्त क्षेत्रीय समिति भंग गरि १५ सदस्यीय  अधिबेसन आयोजक कमिटि गठन गरेको छ | दिपक राज रेग्मीको संयोजकत्वमा गठन भएको सो आयोजक कमिटीमा बुसान उल्सन ख्यांग्नम क्षेत्रका सबै नेपाली लाई समेटेर लैजाने तयारी भएको छ | बिगतका दिनमा समिति प्रति असन्तुस्ट भएका केहि साथीहरुलाई पनि एक भएर अगाडी लैजान र नेपाली समुदाय बीच काम गर्न सजिलो बनाउने उदेश्य भएकोले एन आर एन प्रति आस्था राख्नु हुने सबै नेपालीलाई अधिबेसनमा सभागी हुन एन आर एन कोरियाले अनुरोध गरेको छ |
किम्हेको उक्त अधिवेशनको दिन एन आर एन कोरियाको सदस्यता लिन इच्छुक र बिधान अनुसार  कोरिया आएको १८२ दिन नाघेका सबै नेपालीहरुले सदस्यता शुल्क २००००वोन र २ प्रति फोटो सहित एन आर एनको सदस्यहरुसंग सम्पर्क गर्न सकिने  बताएको छ | सो दिन सदस्यता नलिने साथीहरुले एन आर एन कोरियाको अगष्ट ११ मा  हुने महाधिबेसनमा सहभागी हुनबाट बन्चित हुने छन |   समितिको बैठकमा एन आर एन कोरियाका सदस्य निर्मल थपलिया, भारत  सेढाई, किम्हे मैग्रंट्स हाउस का संचालक यज्ञ राज सुबेदी, एन सी सी कोरिया का उपाध्यक्ष केशब गौतम, सचिब लक्ष्मन दाहाल,  नेपाली लोकतन्त्र मंच (एन डी एफ)  बुसानमा अध्यक्ष ध्रुब पौडेल, मकवानपुर सम्पर्क समितिका अध्यक्ष दुर्गा दाहाल लगाएत का प्रतिनिधिहरुको उपस्थिति थियो | 

Related

korea 4333631704464806225

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item