बर्षा याम गैरी खेत आली मन पराएँ ।

-बुद्धि मोक्तान
 -गजल -
बर्षा याम गैरी खेत आली मन पराएँ ।
मङ्सिरमा टन्न दाना बाली मन पराएँ ।
छुपु छुपु बिउ रोप्थीन मेरी मनकी रोपार
छ्यापेँ हिलो बदलामा गाली मन पराएँ ।
घुम ओढी लुकाकीथिन निर्मम चिर्ने अधर
भर्नु थियो सिउदो मैले खाली मन पराएँ ।
छ्यापा छ्याप चल्दा यहाँ हिलै भयो शरीर
खले गरो रङ्ग मन्च भो ताली मन पराएँ ।
एक पछी अर्को आए हिलो बोकी बोकी
साईनो बुझेँ बहिनी रैछे साली मन पराएँ ।
हिलो छ्यापी नाता गाँसी पूज्ने थियो रहर
'बुद्धि'मता रोपारकी थाली मन पराएँ ।

-बुद्धि मोक्तान ,
दक्षिण कोरिया l 

Related

poem 5635023924969466081

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item