एकदिवशीय क्रिकेटमा पाकिस्तान विजयी l

एजेन्सी, ३१ असार -
पाकिस्तान र वेस्ट इन्डिजबीचको एकदिवशीय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार बिहान सम्पन्न पहिलो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई १२६ रनले पराजित गरेको छ ।टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभर खेल्दै ९ विकेटको क्षतीमा २२४ रन जोड्यो । पाकिस्तान लागी साहिद अफ्रीदिले ५५ वलमा ५ छक्का र ६ चौकाको मद्धतले सर्वाधिक ७६ रनको योगदान गरे भने मिशवह उलहकले ५२ रन, उमर अकमलले १९ रन र साइद अजमलले अभिजीत १५ रनको योगदान गरे ।वलिङतर्फ वेस्ट इन्डिजका जासन होलडरले ४ विकेट, केमर रोच र डारेनले समान २/२ विकेट लिए भने किरोन पोलार्डले १ विकेट लिए । २२५ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको वेष्टइन्डिजले ४१ ओभरमा पुरै विकेट गुमाउदै मात्र ९८ रन जोड्न सक्यो । उसका लागी मारलोन सामुल्सले २५ रन ,डारेन सामीले अभिजीत २१ रन , सुनिल नारिनीले १४ रन र लेन्ड सिमोन्सले १० रनको योगदान गरे भने अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । प्रतियोगिताअन्तर्गतको दोस्रो खेल भोलि हुनेछ ।

Related

अन्तराष्ट्रीयखेलकुद 320690968135162993

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item