मित्र : देश फर्कौ l

निकुञ्ज तिवारी -
- कविता -

आँसुमा डुब्दै
कति सहने दुःख,पीडा र पीर
कति चुहाउने पसिना र रगतका धारा
भयो मित्र: अब त देश फर्कौं।

खोई, कतिनै संगाल्यौं हामीले
पसिना,रगत,आँसुको मूल्य ?
खोई, कसलेनै दियो हामीलाई
दया,माया,हौसला र आश्वासन ?

जसरी आएका थियौं हामी
पिंजडामा थुनेर उड्ने घरमा
हो, मित्र: त्यसरी नै फिरौं
ब्युँझदै बन्द जीवनबाट
वायुमण्डलको स्वत्रन्त्र पंक्षीजस्तै
हराएको निंद्रा खोज्दै
बगेको आँसु रोक्दै
पोखिएको रगत उठाउँदै
भिजेको पसिना सुकाउँदै।

हो मित्र
स्वाभीमान ,सम्मान ,स्वत्रन्त्रता गुमाई
वलिमा चढाउन पर्र्सिएको बोकाझै झुकेर
कतिञ्जेल बाँच्ने दाशत्वको अधिनमा ?
बीस नङ्ग्रा खियाई, मेरुद्धण्द्ध मक्काई
पसिना,रगत र आँसु बगाई
कहिलेसम्म यिनिहरुको देश बनाइरहने ?
डलर,युरो,येन,वन,रियाल,रिंगिट पछ्याउँदै
कहिलेसम्म जोतिने हामी ?

फर्कौ, साथी आजै फर्कौ
भोली मुग्लान नपस्ने र सन्ततीलाई नपसाउने
द्धढ,अठोट र विश्वास बोकेर फर्कौ आफ्नै  भूमि
जहाँ, हजारौं सम्भावनाहरु छन्
डलर,युरो,येन,वन,रियाल,रिंगिट सबै छाप्ने।

हो मित्र,
सम्झना,कल्पनामा ठूला–ठूला सपना देख्नु छैन हामीलाई
चन्द्रमा,मंगल र ताराहरु पनि छुनु छैन हामीलाई
ढुड्डेधाराको पानी पिई निधाएकालाई ब्युउँझाउला
निराशालाई आश,परौख र आत्माशक्ति भराउला
हातमा–हात,काँधमा–काँध मिलाउला
कसो, देशले उचाई नलेला ?

हो, मित्र
गाई,भैंसी पालौला
अन्न,वाली उब्जाउला
मेसीन,औजार बनाउला
आफ्नो निर्भर आँफै बनौला

वन्द,हड्ताल,चक्काजाम
भष्ट्रचार,वेइमान,खुट्टातान
निमिट्यान्न पार्न आमप्रण गरांैला।
तब, हुनेछ देशमा
शुख र शान्तिको वास।

निकुञ्ज तिवारी ,
दक्षिण कोरिया l

Related

poem 7039960707845632343

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item