एनआरएन कोरियाको सचिबमा प्रदिप तिमिल्सिनाद्वारा उमेरद्धारीको घोषणा l

रमेश खावाजु -सउल , कोरिया l
यतिबेला विश्वभर सन्जाल फैलिदै गएको प्रवासी नेपालीहरुको साझा संस्था  गैर आवासीय नेपाली संघ  "एनआरएन"को राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा संसारभर यसको क्षेत्रीय देखी लिएर हरेक देशको अधिबेशन सम्पन्न हुँदै गएको छ । सन् २००३ मा विश्वमा  नेपालीहरुको प्रतिनिधित्व गर्दै स्थापना भएको गैरआवासीय नेपाली संघ ( एनआरएन )हाल दशौँ वर्ष सम्म आइपुग्दा ब्यापक रुपमा फैलिदै विभिन्न  देशमा गरि ६५ शाखा गठन भैसकेको छ l
आगामी अक्टोबरमा काठमाण्डौं हुन् लागेको  छैठौं विश्व सम्मेलन नजिकिदै गर्दा एनआरएन दक्षिण कोरियाले ११ अगष्ट  हुने आफ्नो चौथौं अधिवेशनको तयारिमा लागेका छन् l  त्यस्तै  गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय कमिटि कोरिया , क्षेत्रीय कमिटि बुसान उल्सन ख्यंग नाम, समितिको अधिबेसन यहि जुलाई २१ तारिक गर्ने भएको छ | यस अघि नै अध्यक्ष पदको लागि ब्यबसायी मनोज डाँगीले  आफ्ना भाबी योजनाहरू बुँदागत रूपमा सार्वजनिक गर्दै उमेरद्वारी घोषणा गरेका थिए l २००७मा स्थापित एनआरएन दक्षिण कोरियाको चौथो कार्य समितिको नेतृत्व लिन भित्र भित्रै होडबाजी पनि चली रहेको छ l
नेपाल  योङ स्टार ग्रुपका सक्रिय सदस्य प्रदिप तिमिल्सिना (साजन शर्मा)ले अगष्ट ११ मा हुने एनआरएन कोरियाको चौथो अधिवेशनमा सचिब पदको उमेरद्धार हुने भएका छन् lइपीएस मार्फत दक्षिण कोरियामा प्रवेश गरेका धादिङ पिडा-४  गाबिसका २५ बर्षीय प्रदिप तिमिल्सिनाले एनआरएन कोरियामा बसेर  दुख सुखमा साथ् दिने मन लागेको तथा कोरियाका बुद्धिजिबी र साथीभाइहरुको सहयोग तथा सल्लाहले गर्दा आफुले उमेरद्धारी दिने घोषणा गरेको उहाँले बताए l युवाहरुमा नंया सोच र बिचार साथै ताजा जोश हुन्छ भन्दै कोरियामा अहिले इपिएसबाट आउने साथीभाईहरुको समस्या धेरै भएको र आफु पनि इपिएसबाट कोरिया आएर लामो समय बिताएको हुनाले इपिएसको दुख र पिडा आफुले पनि भोगेको तथा सो दुखलाइ आफुले पनि धेरै बुझेकोले  इपिएसबाट आउने साथीहरुलाई धेरै सहयोग पुर्याउन सक्छु भन्ने उहाँको भनाइ छ l कोरियामा हालसालै साहुको पिटाइ , तलब नपाउने जस्ता समस्याहरु धेरै छन् जुन अहिले बिकराल रुपमा बढ्दै छ l नेपाल योङ स्टार ग्रुपको स्थापनाकाल देखि नै निकै सकिय रुपमा लागेर आपत बिपत परेका नेपालीहरुलाइ सहयोग गर्दै विभिन्न समाजसेवाका कार्यहरु गरेकोले आफुले कोरिया बसुञ्जेल नेपालीहरुको सुख दुखमा साथ दिने उहालें पुन बताए l

Related

korea 1959641268515139001

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item