प्रथम माछापुच्छ्रे भलिबल रनिङ कप २०१३ भव्यताका साथ सम्पन्न l
https://nnkorea.blogspot.com/2013/07/l_6992.html
सुरज गुरुङ, द. कोरिया-
बिहान देखी नै मुसल धारे वर्षाको कारण पनि गत जुलाई १४ तारिख आईतावारका दिन कास्की परिवार गणतन्त्र कोरियाले माछापुच्छ्रे भलिबल रनिङ कप २०१३ प्रथम भव्यताका साथ सम्पन्न गरेको छ । वर्षाका कारण पनि खेल प्रेमी नेपाली दाजु भाई दिदी बहिनीहरुको उच्च उपस्थिति रहेको थियो ।
प्रतियोगिताको फाईनल खेलमा कास्की परिवार (ए) टिमले तनहु उद्धार सेवा समाजलाई २–० को अन्तरले पराजित गर्दै माछापुच्छ्रे रनिङ¨ कप २०१३ लाई आफ्नै पोल्टामा पार्न सफल भएको थियो । कास्की परिवारले कोरियामानै पहिलो पटक मैत्रिपूर्ण महिला भलिबल खेल प्रतियोगिता पनि सफल रुपमा खेलाएको थियो । महिला खेल तर्फ कास्की परिवार र मनाङ परिवारका महिला भलिबल टिमले भाग लिएको थियो भने उक्त खेलमा कास्की परिवारका महिला भलिबल टिम बिजेता र मनाङ¨ परिवारका महिला भलिबल टिम उपबिजेता बनेका थिए।
महामहिम राजदुत कमानसिंह लामा ज्यू को प्रमुख अतिथ्यामा र परिवारका अध्यक्ष श्री नविन गुरुङको अध्यक्षतामा सम्पन्न उक्त भलिबल प्रतियोगितामा पुरुष तर्फ १४ टिमले सहभागिता जनाएका थिए । सहभागि टिमहरुमा १. कास्की परिवार (बी), २.रुपन्देही सम्पर्क समिति, ३.गुल्मी सम्पर्क समिति, ४.सुदुर पश्चिम समाज, ५.एस. एम. टी., ६.खोटाङ सेवा समाज, ७.ब्ल्यु टीयर्स, ८.नेपाल मगर संघ, ९.कास्की परिवार (ए), १०.एम.टी.यु., ११.स्याङ्जा परिवार, १२.तनहुं उद्धार सेवा समाज, १३.म्याग्दी समाज समिति, १४.पर्वत सेवा समाज रहेका थिए ।
फाईनलमा पुगेका तनहुं उद्धार सेवा समाजले पहिलो चरणमा स्याङ्जा परिवारलाई, क्वाटर फाईनलमा पर्वत प्रवासी समाजलाई र सेमि फाईनलमा गुल्मी सम्पर्क समितिलाई पराजित गर्दै फाईनलमा प्रवेस गरेको थियो । त्यस्तै कास्की परिवार (ए) टिमले पहिलो चरणमा एम.टी.यु.लाई क्वाटर फाईनलमा म्याग्दी समाज समितिलाई र सेमी फाईनलमा रुपन्देही सम्पर्क समितलाई पछि पार्दै फाईनलमा प्रवेस गरेको थियो । र फाईनलमा तनहुं उद्धार सेवा समाजलाई पराजित गर्दै उपाधी जिन्त सफल भएको थियो । कास्की परिवार (ए) टिमले सम्पूर्ण खेल सबै टिमलाई २–० ले पराजित गरेको थियो ।
प्रतियोगितामा प्रथम टिमले माछापुच्र्छे रनिङ कप सहित नगद पुरस्कार ११,००,००० वन, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो भने दोश्रो टिम तनहु उद्धार सेवा समाजले नगद पुरस्कार ७,००,०००वन मेडल सहित प्रमाण पत्र र गोला नतिजाको आधारमा तेश्रो हुन सफल रुपन्देही सम्पर्क समितिले नगद पुरस्कार ४,००,०००वन प्राप्त गरेको थियो ।
गुल्मी सम्पर्क समितिले अनुशासित टिमको उपाधी पाउनु भएको थियो भने टिमले प्रमाण पत्र सहितत १,००,०००वन नगद पुरस्कार रहेको खेल्कुद संयोज क्षेत्र गुरुङले जानकारी दिनु भएको छ । रनिङ कप २०१३ को उत्कृष्ट खेलाडी कास्की परिवार (ए) टिमका टिम क्याप्टेन शंकर गुरुङलाई घोषण गर्दै प्रमाण पत्र सहित नगद पुरस्कार १,००,०००वन प्रदान गरिएको थियो । म्यान अफ द म्याच बन्न सफल पहिलो सेमी फाईनल खेलबाट कास्की परिवार (ए) टिमका खेलाडी अनिल घमाल र दोश्रो सेमि फाईनल खेलबाट तनहु उद्धार सेवा समाजका खेलाडी मिन रानालाई नगद पुरस्कार सहित सम्मान गरेको थियो ।
नेपाली खाना सेल रोटीको साथमा मिस्ठान र स्वादिलो भुटुवा, अचार को स्वादमा मनोरञ्जित र हुनहार भलिबल खेलाडीहरुको प्रतिस्पर्धात्कम भलिबल प्रतियोगितामा द.कोरियाको छेजुदोमा सम्पन्न तेक्वन्दो प्रतियोगितामा नेपाली प्रसिक्षक र मेडल प्राप्ता गर्न सफल खेलाडीहरु प्रसिक्षक धर्मेन्द्र बानिया अग्रहरी, खेलाडीहरु रविन अधिकारी, तारा पराजुली र कृष्ण श्रेष्ठ लगायत खेल्कुद तर्फबाट नेपाल र खेल्कुद जगतलाई योगदान दिनुहुने खेलाडीहरु शंकर राना, रभी महर्जन, राजु क्षेत्री, गजेन्द्र बहादुर क्षेत्री, सुक्रमान तामा¨, नारायन मानन्धर, पंकज लामा, राकेश रन्जित, जनता कटुवाल, ईन्द्र बहादुर राना मगर, मदन गिरी, अनिल घमाल, युवराज पुन, शंकर गुरुङ यादव कुंवर लाई प्रमाण पत्र सहित महामहिम राजदुत कमान सिंह लामा ज्यू को उपस्थितिमा सम्मान गरेको थियो ।
साहारा क्लब पोखराले कास्की परिवार द. कोरियालाई कदर पत्र दिनु भएकोमा कास्की परिवारबाट साहारा क्लव र सम्पूर्ण साहारा क्लव परिवारलाई धन्यवाद दिनु भएको छ र सम्पूर्ण सहभागी संस्था वा टिम लगायत सहयोग गर्नुहुने सम्पूर्ण शुभ चिन्तकहरु, उपस्थित नेपाली दाजुभाई दिदी बहिनीहरुमा र विशेष गरि मना¨ परिवारलाई महिला भलिबल टिमलाई सहभागिता गराउनु भएकोमा कास्की परिवारले धन्यवाद दिनु भएको थियो ।
भाग्यशाली चिठ्ठाको नतिजा अनुसार प्रथम पुरस्कार चिठ्ठा नं. ११५ स्याङ्जाका होबिर थापालाई परेको थियो । रु. ५५,००० (अक्षरुपी नेपाली पच्पन्न हजार) प्रथम पुरस्कार सोही दिन थापाले बु¤नु भएको थियो । त्यस्तै गरि दोश्रो पुरस्कार चिठ्ठा नं. ८६९ कास्कीका सुन्दर गुरुङलाई परेको थियो । रु ३३,००० (अक्षरुपी नेपाली तेत्तिस हजार) उहाले पनि सोही दिन बु¤नु भएको थियो । र तेश्रो पुरस्कार चिठ्ठा नं. ८११ मा रु. १३,००० (अक्षरुपी नेपाली तेह्र हजार) चिठ्ठाको अर्ध कट्टी सहित पुरस्कार लिन आउनुहुन कास्की परिवरले बताएको छ ।

.jpg)
.jpg)

Post a CommentDefault CommentsFacebook Comments