तिमी गइरहयौ l

पूनम अधिकारी -
-कविता-  
सपनाले सिङगारेर मनका तस्विरहरु
कल्पनाले लिपेर अनन्त भावहरु
टिपेर खुशिका फूलहरु
निकै टाढासम्म पछयाए तिम्रा डोबहरु
तर तिमी बगिरह्यौ अबिरल
मेरा सपनाहरु पखाल्दै
कल्पनाको शिखरबाट शुन्यतामा धकेल्दै
सोचेथे नियतिले सपन सांचो तुल्याउला भनि
तिमी भने गइरहयौ
मेरा रहरहरु बिथोल्दै
धेरैपल्ट तगारो लाए तिम्रो बाटोमा
बिछयाए आफ्ना अशीम चाहनाहरु
देखाए हृदयको पत्र पत्रमा
गाडीएको तिम्रो आकृति
तैपनि तिमी रोकिएनौ
म अझ थाकिन
छातीभरि आशाको भारी बोकी
पछयाइरहे तिमीलाई
तर फगत बतासको झोका तिमी
बहेर छिनभरलाई शीतलता दियौ
एक तृप्ति गाडेर गयौ मनमा
र उडीरहयौ टाडा टाडा
मैले नभेटने गरी
म भने
आकाश र धरतीको मिलन हुन्छ भन्दै
हिडिरहेछु अनवरत कल्पनाको बाटोमा
अनागत बतासलाई अगाल्न l

पूनम अधिकारी, 
बिराटनगर, नेपाल l

Related

poem 119613485439049420

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item