बाल बच्चा देश छोडी खोज्न आएँ चारो प्रदेशमा l

कल्पना राई "खुशी"-
-गजल-

बाल बच्चा देश छोडी खोज्न आएँ चारो प्रदेशमा/
जहाँ बग्छ त्यही सुक्छ पसिनाको धारो  प्रदेशमा//

आफ्नै खेत बारी जोत्दा अन्न झुल्दै फल्थ्यो मानामुरी,
धन फल्ने रुख छैन सुक्का जोड्न गाह्रो  प्रदेशमा//

हुलाकीले चिट्ठी ल्यायो चिट्ठी संगै प्रश्न कति-कति,
जवाफमा ढाक छोप सत्य बोल्न साह्रो  प्रदेशमा//

झिली मिली शहरमा कालो मन हुने प्रसस्तै छ,
दु:ख पर्दा पर्म छैन मान्छे बन्यो आरो  प्रदेशमा//

केहि धन केहि खुशी जोडी घर फिर्ने सपना थ्यो,
अंग भंग हुनु पर्दा आयु भएन फारो  प्रदेशमा//

कल्पना राई "खुशी"
दोलखा नेपाल 
हाल दक्षिण कोरिया

Related

poem 3603300555929176816

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item