साफ यू–१६ च्याम्पियनसीपका लागि २३ सदस्यीय नेपाली टोली छनोट l
https://nnkorea.blogspot.com/2013/07/l_19.html
अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा यही साउन ५ देखि १५ गतेसम्म काठमाडौंमा हुने दोस्रो साफ यू–१६ च्याम्पियनसीपका लागि हेमन्त थापा मगरको कप्तानीमा २३ सदस्यीय नेपाली टोली छनोट गरिएको छ ।
टोलीमा आकाश थापा, अमित तामाङ, अभिलाष थापा, अनन्त तामाङ, अनिल राई, अन्जन विष्ट, विकाश थापा, विमल घर्तिमगर, दिनेश राजवंशी, गौरव बुढाथोकी, किरण सुनार, ललित थापा र निशान्त ढुङ्गाना छन् ।
प्रवीण श्रेष्ठ, रवि भण्डारी, रोमन रसाइली, रुपेश तामाङ, सजन मगर, सन्जोक राई, शिव सेबेदी, सुजन लिम्बु र छिरिङ गुरुङ पनि टोलीमा अटेका छन् । प्रतियोगितामा सहभागी हुन भारत, भुटान, पाकिस्तान, श्रीलंका र अफगानिस्तानको टोली नेपाल आइसकेको एन्फाले जनाएको छ । छोह्र वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आफ्नो पहिलो खेल भुटानसँग खेल्ने भएको छ । एन्फा कम्लेक्स सातदोबाटोमा शुक्रवार निकालिएको ड्र अनुसार नेपालसहित भुटान, अफगानिस्तान र पाकिस्तान समूह एमा परेका छन् । भारत, बंगलादेश र श्रीलंमा समूह बीमा परेका छन् । नेपाल र भुटानबीचको खेल शनिवार दिउँसो ४ बजे दशरथ रंगशालामा हुने छ । समूह एकै अर्को खेलमा शनिवार अफगानिस्तान र पाकिस्तान भिड्ने छन् । यी २ बीचको खेल भने लगनखेलमा रहेको आर्मीको मैदानमा हुने छ । प्रतियोगितामा सहभागी हुन सवै ७ टिम काठमाडौं आइसकेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments