कोरियामा हिलोमा खेल्दै, नेवारी खानाको साथमा पिकनिक मनाए l (फोटो फिचर )

रमेश खावाजु ,दक्षिण कोरिया l
२०१३ जुलाई २१ तारिख आइतबारका दिन गर्मियामको अवसर पारि नेवाः पुचः दक्षिण कोरियाद्वारा आयोजित "रमाइलो पिकनिक -४" भव्य रुपमा सम्पन्न भयो I सो कार्यक्रममा विभिन्न खेलकुद ,गायन प्रतियोगिता ,नाच गान गर्ने तथा मिठो नेवारी र कोरियन भोजनको ब्यबस्था गरिएको थियो l

हिलोमा खेल्दै नेपालीहरु 
नेवारी तथा नेपाली कला संस्कृति जगेर्ना गर्ने तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको नेवा पुचः दक्षिण कोरियाले बिगत ३ बर्ष देखि गर्मि याममा मनोरंजन गराउने उदेश्यले रमाइलो पिकनिक कार्यक्रम गर्दै आइरहेको थियो l यस वर्ष कोरियाको  देछन् हेसुयोकजाङ्गको देचन मद् छुक्चे कार्यक्रम स्थलमा गएर मनाईएको पिकनिक कार्यक्रममा सहभागीहरु नेपालीहरुले धित मर्ने गरि हिलोमा खेलि तथा समुन्द्रमा विभिन्न खेल खेलेर मनोरंजन लिए l

यस पिकनिकमा सहभागी भएकी सुनसरी जिल्ला धरान नगरपालिका ८ कि पुनम तामाङले नेवा पुचःको पिकनिकमा सहभागी हुन पाउँदा एकदम खुसि लागेको बताएकी छिन l साथै कोरिया आएर यसरि पिकनिकमा हिलोमा खेलेको क्षण सधैं सम्झिरहने पनि बताएकी छिन l करिब १६ बर्ष पहिले देखि गर्मियाम संचालन हुने मुद फेस्टिवलमा स्वदेशी तथा बिदेशी गरि लाखौं व्यक्तिहरु हिलोमा खेली मनोरंजन लिन्छन l सो पिकनिकमा करिब ५० जना नेपाली साथिहरुको सहभागीता रहेको थियो l

नेवारी खाना 
हिजोआज नेवारी परिकारहरु अन्य चाइनिज, इन्डियन, कन्टिनेन्टल, परिकारहरूको भीडमा पनि लोकप्रिय परिकारका रुपमा चिनिन्छ । त्यस्तै दक्षिण कोरियामा पनि नेवा पुचःकोरियाले  गरेका प्राय कार्यक्रमहरुमा नेवारी खानाको ब्यबस्था गरिएको हुन्छ l यस पिकनिक कार्यक्रममा पनि हिलोमा खेलि, समुन्द्रमा खेलेर अन्तिममा न्यु लुम्बिनी रेस्टुरेन्टले पस्केको अत्यन्त  स्वादिष्ट नेवारी खानाको ( छोयला ,चिउरा ,अचार ,आलु ,राजमा ,भटमास ,अदुवा लसुन ,कुखुराको मासु , जाँड ) स्वादले सबै सहभागीहरुलाई लठ्ठ नै पार्यो l
करिब ३ महिना अघि कोरिया प्रवेश गरेका भक्तपुर जिल्ला झौखेल-८ गाबिसका राम प्रसाद कासुलाले कोरियामा पहिलो पल्ट धेरै नेपालीहरुसित पिकनिक कार्यक्रम मार्फत भेटघाट तथा नेवारी खाना खान  पाउँदा नेपाल सम्झेको बताए l एकदम रमाइलो ,हसाउने खालको कार्यक्रम ,गीत संगीत अनि नाचगानको कार्यक्रम , समुन्द्रमा हिलो तथा पानीमा खेलेर रमाइलो गर्दा समय नपुगेको जस्तो उहाँले पुन बताए l

"दोश्रो नेवा बस स्टार २०१३ " गायन प्रतियोगिता l
पिकनिक कार्यक्रमलाइ मनोरंजन दिलाउने उदेश्यले गत बर्ष देखि गाडीमा गायन प्रतियोगिताको पनि आयोजना गरिएको थियो l गत बर्षको पिकनिकमा प्रकृति शर्मा "नेवा बस स्टार २०१२" को पुरस्कारको बिजेता बनेकी थिइन् l
यस बर्ष भएको " नेवा बस स्टार २०१३" को प्रतियोगितामा १२ जना प्रतियोगीहरुले गीत ,संगीत ,कमेडी तथा नाचगान गरेर पिकनिकमा सहभागी साथीहरुलाई निकै मनोरंजन दिएका थिए l १२ जना बीचमा कडा प्रतिस्पर्धा गर्ने क्रममा अन्तिममा दुइ सहभागीहरु मात्र अन्तिम राउण्डमा छानिएका थिए र त्यस मध्य अत्यधिक मतद्वारा EPS छिन्गु नामबाट कोरियामा नेपालीहरुको माझमा चिरपरिचित अरुण श्रेष्ठले "नेवाः पुचः बस स्टार २०१३"को पुरस्कार प्राप्त गर्न सफल भएका थिए l उज्ज्वल कर्माचार्यले भने दोस्रो पुरस्कार हात प्राप्त गरेका थिए I पुरस्कार प्राप्त गर्दै अरुण श्रेष्ठले सम्पूर्ण भोट गर्ने पिकनिकमा सहभागी साथीहरु तथा आयोजकलाई पनि धन्यबाद दिए I
समुन्द्रमा  सहभागी सम्पूर्ण साथीहरुको हँसिलो मुहारले पिकनिक कार्यक्रम अत्यधिक सफल भएको र मनोरंजनात्मक कार्यक्रमले परदेशको उराठलाग्दो, न्यास्रोलाग्दो र परिवारबाट छुटिएर बस्नु पर्ने वाध्यकरी पीडादायक जीवनलाई बिर्साएको महसुस गरेको नेवा पुचका अध्यक्ष नबिन बज्राचार्यले बताए l उहालें यस पिकनिक कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबै साथीहरुलाइ धन्यबाद पनि व्यक्त गरे l


Related

korea 6900494084951527164

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item