म बांचेको पल l

ऐश्वर्य श्रेष्ठ -
-गीत-
दिन रात शरीरका अंगहरु दुखीरहयो ।
आंखाबाट पिडाको आंशुहरु खसीरहयो ।

म बांचेको पल सबैलाई सन्चैं छ भनिदिनु ।
 म रोएर हांसेको पल सुखैं छ अरे भनिदिनु ।

आंशुहरु खस्छन यहां तर कसैंले नी देख्दैन ।
बांचे त ठीकै होला ,मरे कसैले नी भेटदैन ।

फुटेको कर्ममा जे छ त्यस्तैं छ भनिदिनु ।
म बांचेको पल सबैलाई सन्चैं छ भनिदिनु ।

चोटैचोटको रापमा जलेर ब्यर्थे बांचीरहेछु ।
हांस्न त कहां पाउनु आंशुमै डुबी मुस्कुराइरहेछु ।

आजसम्म त जसोतसो बांचेकै छु भनिदिनु ।
म बांचेको पल सबैलाई सन्चैं छ भनिदिनु ।

ऐश्वर्य श्रेष्ठ,दक्षिण कोरिया l

Related

poem 2311696571151823411

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item