कोरियामा शान्ति दीप भित्र्याउन सहयोग गर्ने ब्यक्तिहरुलाई दुतावासले सम्मान गर्ने
https://nnkorea.blogspot.com/2013/08/blog-post_16.html
सुरज गुरुङ्ग ,सउल, दक्षिण कोरिया l
बुद्धको जन्म स्थल लुम्बिनीमा रहेको विश्व अखण्ड ज्योती (शान्ति दीप) नेपालबाट दक्षिण कोरिया भित्र्याउँदा र बुद्ध जयन्तिको अवसरमा मनाईने लोटस ल्यान्टर्न फेस्टिबल (अन्तराष्ट्रिय शान्ति पद यात्रा) मा बुद्धको जीवनी संग संबन्धित विभिन्न प्रतिमाहरु सहित शहर परिक्रममा गर्ने क्रममा समेत उल्लेखनीय सहयोग गर्ने कोरियन, नेपाली नागरिक र संघ–संस्थाहरुलाई नेपाली राजदुतावास सउलले प्रशंसा पत्रद्वारा सम्मान गर्ने भएको छ ।
उक्त अखन्ड ज्योती २०१३ अप्रिल १९ (२०७० बैसाख ६) शुक्रबारका दिन सम्माननिय राष्ट्रपति डा. रामवरण यादव ज्यूले दोसन्सा गुम्बाका लामालाई हस्तान्तरण गर्नु भई नेपालबाट शान्ति दीप पद यात्रा प्रारम्भ भई चिनको तिब्बतीय क्षेत्रका विभिन्न गुम्बाहरु हुदै २०१३ मे २ (२०७० बैसाख १९) बिहिबारका दिन दक्षिण कोरिया आगमन पश्चात दोसन्सा गुम्बामा प्रतिस्थामन गरि यहाँका बिभिन्न १०८ वटा गुम्बाहरुमा पुर्याईएको थियो ।
प्रत्येक वर्ष मनाए झै यस वर्ष गत मे ११ तारिख बुद्ध जयन्तिको अवसरमा मनाइएको लोटस ल्यान्टर्न फेस्टीबलमा नेपालबाट ल्याईएको शान्ति दीप र बुद्धको जीवनी संग संबन्धित बिभिन्न प्रतिमाहरु सहित लाखौंको जन सहभागितामा शहर परिक्रमा गराई बुद्ध जन्मेको स्थान र देश “लुम्बिनी नेपाल” को बारेमा ठूलो प्रचार प्रसार गरिएको थियो । यसरी नेपालबाट शान्ति दीप कोरिया ल्याई बुद्धको प्रतिमाहरु सहित लोटस ल्यान्टर्न फेस्टीबलमा प्रदर्शन गर्दै शहर परिक्रमा गर्ने क्रममा यहाँका बिभिन्न कोरियन र नेपाली नागरिक तथा संघ–संस्थाहरुले उल्लेखनिय सहयोग र योगदान गरेका थिए ।
यसर्थ नेपाल र कोरिया बिचको कुटनैतिक दैत्य सम्बन्धलाई अझ प्रगाढ र बलियो बनाउनुका साथै नेपाली र नेपालको पहिचानलाई अझ उचो बनाउने उक्त पवित्र कार्यमा सहयोग गरेकाहरुलाई नेपाल सरकारको तर्फबाट नेपाली राजदुतावास सउलले अगष्ट १८ का दिन सम्मान गर्ने भनि पत्रचार तथा सुचना प्रचार प्रसार गरि सकेको भएता पनि आºनै विविध कारण वस र १९ औं विश्व आदिवासी दिवस मनाईने कार्यक्रम भएको जानकारी आएकोले उक्त दिन स्थगित गरि यही अगष्ट २५ तारिख आईताबारका दिन सो सम्मान कार्यक्रम सारिएकोले यसै सुचना तथा जानकारीलाई आधिकारिक ठान्दै मिति २०१३ अगष्ट २५ तारिख आईताबारका दिन नेपाली राजदुतावासको सभाहलमा दिनको ठिक १ बजे उपस्थित हुनका लागि सबै सहयोगी दाताहरु लगायत सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा नेपाल कोरिया शान्ति दीप प्रज्ज्वलन व्यवस्थापन नागरिक कमिटी र नेपाली राजदुतावास सउलले हार्दिक अनुरोध गरेको छ ।

Post a CommentDefault CommentsFacebook Comments