ईन्छनमा नेपालीहरुको नृत्य प्रतियोगिता हुने l

सन्तोष श्रेष्ठ,इन्छन, दक्षिण कोरिया l
दक्षिण कोरियामा नेपालीहरू बिच नृत्य प्रतियोगिता हुनेभएको छ  । कोरियाको स्थापित संस्था लब इन नेपालले उक्त प्रतियोगिता गराउन लागेको हो ।  सो प्रतियोगिता कोरियाको  ईन्छन क्षेत्रमा आइतबार हुने आयोजकले जनाएका छन् । सो संस्थाले प्रतिवर्ष  यस किसिमका नृत्य गरर्दै आएको छ भने यो दोस्रो नृत्य प्रतियोगिता हो । प्रवासमा नेपाली कला र  सस्कृति चिनाउने उदेश्यले उक्त प्रतियोगिता गराउन लागिएको  संस्थाका अध्यक्ष कैलास कार्कीले बताएका छन् । सबै तयारी  पुराभैसकेको जनाउदै कार्कीले भने यस प्रतियोगितामा कोरियामा रहेका नेपालीहरूले भागलिन सक्ने छन् ।

 सो प्रतियोगितामा विजेतालाई सिल्ड, नगद र प्रमाणपत्रको व्यवस्था गरिएको छ । उक्त कार्यक्रममा कोरियाको सुनाखरी साँगितिक समूहको जोडदार प्रस्तुति रहने आयोजकले बताएका छन् ।

 सो प्रतियोगितामा भागलिन  चाहानेहरूले १७ तारिक शनिवार सम्ममा आफ्नोनाम दर्ता गराइ सक्नु पर्ने छ ।
नाम दर्ताको लागि सम्पर्क 
कैलास काकी ०१०-७४१०-५८३०,
पदम पान्डे ०१०-२८६५-१९२०,
मित्र कडेल ०१०-४१३९-७८७४ ,
प्रदिप श्रेष्ठ ०१०-५३८८-९१८७

 प्रतियोगिता सम्बन्धी नियमहरू 
 नृत्य एकल वा समूह दुवैले भाग लिन पाउने छ ,  गीतको छनोट नृत्य अनुसार आफैले गर्न पाइने छ भने गीत नेपाली हुनु पर्न छ ।

 राष्ट्रियता सम्बन्धी गीतलाई प्राथमिकता दिइने छ ।यसैगरि गीतको म्युजिक ट्रयाक सहभागी आफैले ल्याउनु पर्नेछ नभएमा आयोजकलाई अग्रिम जानकारी गराउनु पर्नछ ।

 नृत्य सम्बन्धी सम्पूर्ण अधिकार निर्णायक मन्डलमा हुनेछ ।  प्रतियोगिताम  निःशुल्क भागलिन पाइने छ ।अगस्ट १७ सम्ममा दर्ता गरी सक्नु पर्नछ ।

स्थान -इन्छन एच आर डी को हल

मिती- २०१३ अगस्ट १८  तारिक  आइतबार

  समय  - दिनको १२  बजे

 १ जाने तरिका - लाइन न १ को सबवे लाइन बाट वोनिन्जे (woninjae) को २ नम्बर गेट मा निस्की ३ मिनेट हिडने ।

 २ लाइन न ४ को सङदो जाने टेृनमा चडी नामदोङ इन्डृटिको(namdong induspark) १ नम्बर गेटबाट बाहिर निस्कने ।


Related

korea 7162472111045100605

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item