आधिखोला सांगीतिक सौगात भाग-४ विशेष हुने आयोजकको दावी l

लिलु डुम्रे ,दक्षिण कोरिया l
स्याङ्गजा परिवारले चुसक अवसरमा  गर्न लागेको आधिखोला सांगीतिक सौगात भाग -४ बिगत समयमा कोरियामा भएका सांगीतिक कार्यक्रमहरु भन्दा भिन्न र बृहत हुने आयोजकले विश्वास दिलाएको छ ।
चुसकको दोश्रो दिन हुने कार्यक्रमको लागि स्याङ्गजा परिवारले व्यापक तयारी गरेको सो संस्थाका अध्यक्ष मिलन रानाले जानकारी दिनुभयो । उहाका अनुसार मूल आयोजक समिति र उप समितिहरु गठन गरि कार्यक्रम भब्य बनाउन लागि तिब्र गतिमा काम भएको छ ।
बिगत समयमा कोरियामा हुने सांगीतिक कार्यक्रममा अधिकतम १५ सय दर्शकहरु उपस्थिति रहने गरेकोमा उक्त दिन  त्यो संख्याभन्दा बढी सहभागी हुने आयोजकको दाबी छ । सांगीतिक कार्यक्रम संयोजक सि.पी.मगरका अनुसार २ हजार को आंकलन गरि २५ सय टिकट प्रकाशित गरेकोमा १ महिना अगाडी नै टिकट लगभग सकिएको छ । सो कारणले पनि आयोजक थप उत्साहित देखिएको छ । थप टिकट प्रकाशित गर्ने आयोजकको सोच छ ।


पारिवारिक तनाब पछि बिदेशी कार्यक्रममा जान छोडेकी गायिका अन्जु पन्तलाई कोरिया ल्याउन आयोजकले ठुलै कसरत गर्नुपरेको थियो । आयोजकको ठुलो लगानीमा  पन्त कोरीया आउने छिन । कोरीयाको कार्यक्रम पछि विदेश यात्रामा लागेको उनको अल्पबिराम टुंगिने देखिएको छ । यो कार्यक्रम गायिका पन्तको लागि एउटा turning point  पनि  हो - सांगीतिक कार्यक्रम संयोजक सि.पी.मगरको दाबी छ । उनले दर्शकलाई केहि नया गीतहरु पनि  पस्कने  आयोजकलाई विश्वास दिलाएकी छिन । चर्चित हास्य कलाकार धुर्मुश र सुन्तलीको बिभिन्न चरित्र हास्य अभिनय पनि सो कार्यक्रमको अर्को विशेषता रहनेछ । धेरै नेपाली साथीहरु उक्त कार्यक्रम हेर्न आतुर रहेको किमे बाट सुर्य चन्दले जानकारी दिनुभएको छ ।

हाल दोहोरि गीतमा एकछत्र राज गरेका पशुपति शर्मा को दोहोरि भिडन्त पनि कार्यक्रमको थप आकर्षण हो । कोरीया मै सागीतिक दुनियामा बलियो स्थान बनाएको बिसौनी सागीतिक समुहले कार्यक्रममा थप रौनक ल्याउनेछ । ग्रामिण क्षेत्रमा एम्बुलेन्स सहयोगार्थ हुन् लागेको उक्त कार्यक्रममा काभ्रे सम्पर्क समितिले संचालन गरिरहेको चिठ्ठा खोलिने छ ।

२५ हजार वनमा  भरपुर मनोरञ्जन लिनुका साथै ग्रामिण क्षेत्रमा एम्बुलेन्स सहयोगार्थ सहयोग पनि हुने हुदा सागीतिक कार्यक्रममा उपस्थिति भइ दिनुहुन् आयोजकले सबैलाई आग्रह गरेको छ । गत बर्ष NRN कोरीयाले संम्पन्न गरेको कार्यक्रम हलमा सो सागीतिक सौगात हुनेछ ।

 उक्त दिन कुकमिन बैंक को खाता पनि खोलिदिने ब्यबस्था गरिएको छ ।

Related

korea 1243746134363763716

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item