कोरियामा १९ औ आदिबासी दिवस भब्य रुपमा सम्पन्न

आदिबासी जनजाती महासंघ कोरियाको आयोजनामा कोरियाको राजधानी सउलमा १९ औ आदिबासी दिवस सम्पन्न भएको छ ।
दक्षिण कोरियाका लागि नेपाली राजदुत कमानसिह लामाको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रम पूर्ण समानुपातिक, समावेशी प्रतिनिधित्व र पहिचान सहितको सघियताका लागि नयाँ संविधानको निर्वाचन भन्ने अभियानलाई मुख्य उद्देश्य बनाएको थियो ।

कार्यक्रममा  तामाङ्ग, राई, लिम्बु ,मगर, नेवा पुच:, गुरुङ्ग ,थकाली, छन्त्याल लगायत जातिय भेषभुषा र संस्कृति कार्यक्रममा प्रश्तुत गरिएको थियो । सो अवसरमा गैर आवासिय संघ कोरियाका अध्यक्ष विनोद कुंवर एनआरएन आईसिसि प्रतिनिधीद्धय केपि सिटौला, डा. देवि बहादुर बस्नेत,   नेपाल सम्पर्क समितिका अध्यक्ष लोचन राई , नेपाल पत्रकार महासघ कोरिया शाखा अध्यक्ष अशोक मैनाली, बौद्ध परिवार अध्यक्ष ईश्वर गुरुङ ,कोरिया हेराल्डका प्रतिनिधि लगायत अन्य संघ संस्थाका प्रमुखहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

अन्त्यमा कार्यक्रमका सभापति एवं नेपाल आदिवासी जनजाती महासंघ कोरियाका कार्यवहाक अध्यक्ष भक्त शेरचनले संवोधन गर्दै आदिवासीको लागि ठोस कार्यक्रम अगाडि बढाउन जरुरी रहेको बताउदै त्यसको लागि सम्पुर्ण जनजाती एक हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम महासंघका महासचिव यम श्रीस मगर  र सचिव गंगा लिम्बुले सन्चालन गर्नु भएको थियो भने महासंघका उपाध्यक्ष अप्त पुनले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item