कोरियामा "सेती महाकाली सांगीतिक सौगात भाग २" को तयारी तिब्र गतिमा l

सुरज गुरुङ्ग - सउल, दक्षिण कोरिया l
मनले मनलाई चिनौ, चहराई रहेको घाउमा मलम लगाउ, आपसी मेलमिलाप र भाईचारा, एकता नै आजको आवस्यकता भन्ने मुल नाराका साथ सुदुर पश्चिम बाढी पीडितहरुको सहयोगार्थ स्वरुप सुदुर पश्चिम lसमाज द. कोरिया द्वारा आयोजना हुन गैरहेको सेती महाकाली सांगीतिक सौगात भाग २ कार्यक्रम तिब्र गतिमा तैयारी भई रहेको कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक श्री नविन कार्कीले जानकारी गराउनु भयो ।

सुदुर पश्चिम समाजले नेपालका ख्यातिप्राप्त कलाकारहरु प्रसिद्ध गायक स्वरुपराज आचार्य, सत्यराज आचार्य, मिलन लामा, र नरेन्द्र राज रेग्मी गायिका मञ्जु महत तथा नायिका सुमिना घिमिरेको विशेष प्रस्तुति हुने साथै स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुति हुने कार्यक्रम संयोजक प्रेम शाहले बताउनु भयो ।
उक्त कार्यक्रममा कोरियाबाट आफ्नो मेहनतको कमाईलाई कुक्मिन बैंंक मार्फत सरल माध्यमबाट नेपाल पठाईने ग्लोबल आई.एम.ई बैकको खाता पनि खोल्न सकिने छ । सेती महाकाली सांगीतिक सौगात कार्यक्रम बिसुद्ध सुदुर पश्चिम बाढी पीडितहरुको लागि भएको हुंदा कोरियामा रहेको बिभिन्न संघ संस्था, ब्यापारी, बुद्धिजिवी, विद्यार्थी, प्रत्रकार लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु कार्यक्रममा उपस्थित भई सहयोग गरिदिनुहुन साथै उक्त दिन कुनै पनि कार्यक्रमहरु नराखि दिनुहुन परिवारका अध्यक्ष सुबास हमाल ज्यूले विशेष अनुरोध गर्नु भएको  छ । 

Related

korea 5392863025191500072

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item