कोरियामा त्रिनिटी व्याण्डले लाईभ नाईट कन्सर्ट गर्ने l

सुरज गुरुङ्ग -सउल, दक्षिण कोरिया l
दक्षिण कोरियामा २००८ मा स्थापना भएको त्रिनिटी व्याण्डले बिभिन्न समयमा आफ्नो प्रस्तुतिहरु प्रस्तुत गरिरहेको छ । छोटो समयमा नै आफ्नो स्थान बनाउन सफल दक्षिण कोरियाको चर्चित व्याण्ड त्रिनिटी व्याण्डले आउदो कोरियाको महान चाड छुसकमा आफ्नो प्रस्तुति प्रस्तुत गर्ने भएको छ ।
सेप्टेम्बर १८ र १९ तारिख बेलुका ८ बजे देखी सुरुहुने कार्यक्रम सउल जाङ्गनो पोतला रेष्टुरेण्टमा हुन गैरहेको छ । बेस गिटारिस्ट प्रेम गुरुङ्गका अनुसार व्याण्ड म्यानेजर अरुन गुरुङ्ग, ड्रम र भोकल देभ सुब्बा, र्‍यादम गिटारमा फुर्पा छिरिङ्ग लामा, लिड गिटार र किबोर्डमा आशिस गुरुङ्ग, लिड गिटारमा ज्ञान्दिप गुरुङ्ग र साउन्ड म्यानेजरमा सुनिल गुरुङ्ग रहनु भएको बताउनु भयो । प्रवासी भूमिको व्यस्त समयमा पनि व्याण्डको स्थापना गरि संगीत प्रतिको माया र मेहनत गरिरहनु भएका व्याण्डका सदस्यहरुले सम्पूर्ण कोरिया बासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थित हुन हार्दिक अनुरोध गर्नु भएको छ । 

Related

korea 8374515144319520129

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item