बाग्लुङ्ग समिति कोरियाले पुर्व अध्यक्षको बिदाई तथा सम्मान कार्यक्रम गर्ने l

यम श्रीस मगर -सउल, दक्षिण कोरिया l
रोजगारको शिलशिलामा इपिएस सिस्टम अनुसार सन २००८ को अन्त्यतिर दक्षिण कोरियामाप्रवेश गर्नु भएका पुर्ण काउचा मगर आफ्नो ४ बर्ष १० महिनाको कार्यअवधि सकेर यहि सेप्टेम्बर ९ तारिख नेपाल जान लाग्नु भएको हो। सन २०१० को सेप्टेम्बरमाभएको चौथो अधिबेशनबाट बाग्लुङ्ग सम्पर्क समितिको अध्यक्षपदमा २ बर्षका लागि सर्बसम्मत चयन हुनुभएको थियो। आफ्नो ब्यक्तिगत काम तथा कम्पनिको ब्यस्तकामको  बाबजुद पनि समाजसेवामा लाग्नुभएको काउचा मगर आफ्नो कार्यकालमा अति सफल रहनु भयो। संस्थाको चौतर्फि बिकास,समाजसेवा, आपतकालिन सेवा, नेपाल र दक्षिणकोरिया गरेको समाजसेवा, भलिबल खेलकुदको आयोजना र सहभागिता, साँस्कृतिक कार्यक्रमको आयोजना र अन्य संघसंस्था र महानुभावहरुसंगको सहकार्य र सम्पन्नकार्यक्रमले गर्दा उहाँउदारणीय ब्यक्तिको रुपमा रहनुभयो। अतिमिलनसार,इमान्दार र लगनशिलकै कारण संस्थालाई उच्च स्थानमाचिनाउन सफल रहनु भयो।यीनै योगदानको उच्चकदर गर्दै बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरियाले काउचा मगरको सम्मानमा एक बिदाई तथा सम्मानकार्यक्रमको आयोजनानिम्नमिति ,समय र स्थानमागरिएकोले सम्पुर्ण बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरियाका पदाधिकारीहरु,सल्लाहकारहरु,साधारण सदस्यहरु,खेलाडीहरु तथा सम्पुर्ण शुभचिन्तकहरुलाई उपस्थित भैदिनुहुनहार्दिक निमन्त्रणा गरिएकोछ। साथै नजिकै आउँदै गरेको तिजलाई मध्यनजर गर्दै हाम्रा बाग्लुङ्गे दिदीबहिनी सथा सहयोगी दिदीबहिनीहरुलाई पनि तिजको दर खुलाउने कार्यक्रम पनि संगै राखिएकोले सम्बन्धित महानुभावहरु उपस्थित भैदिनुहुनपनि अनुरोध गरिएकोछ।
मितिः २०१३ अगस्त ३१ तारिख सनिबार
समयःबेलुकी ८ बजे
स्थानःनमस्ते ईन सउल रेष्टुरेण्ट,सङ्गसिङ्ग यदे यक गेट नं. १

Related

korea 7237900639280625781

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item