विश्वकै तीव्र गतिको इन्टरनेट कोरियामा l

निकुञ्ज तिवारी , दक्षिण कोरिया l
सोल, १३ भदौ - एसियाको चौथो विकसित मुलुक दक्षिण कोरिया इन्टरनेट सेवामा अग्रणी भएको छ । यहाँको इन्टरनेट विश्वकै तीव्र गतिको भएको एक अध्ययनले देखाएको छ ।

अमेरिकी बजार अनुसन्धानकर्ता स्टाटिस्टाले सार्वजनिक गरेको विश्वव्यापी तथ्यांकअनुसार कोरियाको औसत इन्टरनेट गति १४.२ मेगाबाइट प्रतिसेकेन्ड (एमबीपीएस) छ । यसमा २ गिगाबाइट (जीबी)को फाइल डाउनलोड गर्न २ मिनट २६ सेकेन्ड लाग्छ । चालू आवको यस अवधिमा नवौं स्थानमा रहेको अमेरिकाको इन्टरनेट औसत गतिभन्दा यो ६५ प्रतिशत बढी हो ।
यहाँका इन्टरनेट अधिकांश प्रयोगकर्ताले मोबाइल र कम्प्युटरमा अनलाइन गेम खेल्ने, टेलिभिजनमा इलेक्ट्रोनिक खेल हेर्नेलगायत ई–सपिङ, ई–बैंकिङ प्रयोग गर्ने गरेको अध्ययननले देखाएको छ । कोरियामा पनि राजधानी सोल र ख्यङ्गिदो जिल्लाका सुवन, आनसानमा तीव्र गतिको इन्टरनेट सेवा उपलब्ध भएको ओल्ले इन्टरनेटले जनाएको छ । यहाँ ओल्ले, एसके, केटी, एलजी, एडीएसएल, डीएसएल, सामसुङलगायतका इन्टरनेट सेवाप्रदायक (आईएसपी) चर्चित छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले केही समयअघि गरेको एक सम्बोधनमा दक्षिण कोरियाको इन्टरनेट विश्वकै दु्रत गतिको भएको र ऊसँग सहकार्य गर्न आफूहरू इच्छुक रहेको बताएका थिए ।
विकिपिडिका अनुसार हालसम्म कोरियामा ८४.१ प्रतिशत जनसंख्याले इन्टरनेट प्रयोग गर्छन् । विश्वमा सबैभन्दा धेरै इन्टरनेट प्रयोग गर्ने जनसंख्या भएको मुलुकमा कोरिया २१ औं स्थानमा छ । सबैभन्दा धेरै नागरिकले इन्टरनेट प्रयोग गर्ने मुलुकमा आइसल्यान्ड छ । विश्वव्यापी सूचीमा १ नम्बरमा रहेको आइसल्यान्डका ९६.९ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच छ ।
स्टाटिस्टाले प्रकाशन गरेको तथ्यांकअनुसार कोरियापछि दोस्रो स्थानमा जापान छ । जापनको औसत इन्टरनेट गति ११.७ एमबीपीएस छ । तेस्रो स्थानमा रहेको हङकङको औसत गति १०.९ एमबीपीएस छ ।
त्यसपछि क्रमशः स्विट्जरल्यान्डको १०.१ एमबीपीएस, नेदरल्याण्डको ९.९, लाटिभियाको ९.८, चेक गणतन्त्रको ९.६, स्विडेनको ८.९, अमेरिकाको ८.६ र १० औं स्थानमा रहेको डेनमार्कको ८.२ एमबीपीएस गति छ । विश्वव्यापी इन्टरनेटको गति औसत ३ एमबीपीएसबाट बढेर ३.१ पुगेको अनुसन्धानमा उल्लेख छ ।
विश्वका ३९ प्रतिशत मानिसमा मात्र इन्टरनेटको पहुँच पुगेको छ ।

Related

korea 6032876963810525768

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item