कोरियामा धुर्मुस, सुन्तलीले हसाए,अन्जुले नचाइन ।

ऐश्वर्य श्रेष्ठ,दक्षिण कोरिया l
छुटटीको दिन नेपालीहरुको जमघट बढदैं थियो,हल बिस्तारैं भरिदैं थियो ।प्रवासी थकित मन संगीतमा रमाऔं,रमाइलोसंगैं पुण्य कमाऔं भन्ने हेतुका साथ आंधीखोला सांगितिक सौंगात भाग ४ हेर्न दर्शकको बाक्लो भिड बढीसकेको थियो । स्याङ्गजा जिल्ला सामुदायिक अस्पतालको लागि एम्बुलेन्स सहयोगार्थ दक्षिण कोरियामा स्याङ्गजाद्धारा आयोजना गरेको कार्यक्रमको शुरुवात भने  स्थानीय सांगीतिक समूह बिसौंनीले नेपाली लोकधुनबाट गरेको थियो । कोरियन चाड छुसक सेप्टेम्बर १९ मा स्याङ्गजा परिवार दक्षिण कोरियाले आयोजना गरेको कार्यक्रममा नेपाली दाजुभाइ दिदीबहिनीलाई मनोरन्जन दिनका लागि गायिका अन्जु पन्त,हास्यकलाकार सिताराम कट्टेल धुर्मुस,कुन्जना घिमिरे सुन्तली,लोक तथा दोहोरी गायक पशुपति शर्मा दक्षिण कोरियाको कोरियाको राजधानी सिओलको छोंग्रो ५ गा नजिकै फेग चु न्यन हलमा उपस्थित भैंसकेका थिए । कार्यक्रमको पहिलो चरण अध्यक्ष मिलन राना मगरको सभापतित्वमा र सचिब दिपेन्द्र अधिकारीको संचालनमा बिसेष अतिथि तथा अतिथिहरुले छुसक तथा नजिकिदैं गरेको नेपालीहरुको चाड बडा दशैंको समेत शुभकामना दिएका थिए । सांस्कृतिक कार्यक्रम संयोजक सिपी मगरले नेता केपी ओली को छद्म भेसीको रुपमा हास्य कलाकार सिताराम कट्टेललाई निम्त्याइएको थिए । राजनीतिक ब्यङग्यको साथमा केपी वलीको भेषमा आएका धुर्मुसले हसाउनसम्म हसाए । प्रश्न सोध्ने प्रस्तोतालाई समेत आछु आछु बनाए । त्यसको लगतैं स्टेजमा आएका लोक तथा दोहोरी गायक पशुपति शर्माले क्याम्पस पढन आउनी, सरले उता पढाउनी,हाम्ले आंखा जुधाउने चित्त बुझाउने जस्ता आधा दर्जन जति गीत गाएर सबैंलाई छमछमी नचाए । तातिदैं गएको माहोललाई बसन्त नैं बस्न खोज्छ भन्ने चर्चित गीतले अन्जु पन्तले नचाइन ।
कहां थाक्नु दर्शक वान्स मोर भनेको भनेकै न बिर्से तिमीलाई,सुनकोशी सुसेलेको, ,जिन्दगि यो फुलै फुलको लगाएत १ दर्जन बढी गीत गाइन अन्जुले । उता पालो कुरेर बसेकी सुन्तलीले नी बांकी राखिनन हसाउनलाई । मेरी बास्सैका चर्चित हास्य कलाकार सिताराम कट्टेलले खड्का जीको भेषमा र कुन्जना घिमिरे संगै मुस्कान पासा फटौरी आमा,धुर्मुस सुन्तली को प्रहसन प्रस्तुत गर्दै ब्यङ्गको माध्यमबाट चेतना फैलाउने प्रस्तुति पस्केका थिए।सांझ परीसकेको थियो,सबैं हतारिदैं आआफना कोठातिर जानलाई थिए ।फेरी धुर्मुसको नाम लिन बितिकैं दर्शक हलभित्र खचाखच भए ।युवालाई तिखो व्यङग्य प्रहार गरेका धुर्मुसएकल प्रस्तुति निकैं हेर्न लायक थियो । कार्यक्रममा नेपाल मगर संघ दक्षिण कोरियाको नृत्य समुहले अत्यन्तै रमाईलो आकर्षक कौडा र रिमिक्स नृत्य,देब थापा बिरेन्द्र,नौभाग्य,चमन थापाले नृत्य तथा क्रिस गुरुङ,नगेन्द्र थापा मगर,दुर्गा गुरुङ बिसौनी समुह लगायतका स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति दिदै उपस्थित हजारौ दर्शकहरुको मन जितेको थियो।कार्यक्रम परिवारका सह सचिब कुमार थापा र कुशल प्रस्तोता बिक्रम गुरूंगले संयुक्त रुपमा संचालन गरेका थिए । करिब २००० दर्शक कार्यक्रम हेर्न आउने अपेक्षा गरिए अनुरुप हलमा आएर पनि करिब २र३ सय हलको क्षमता नभएर फर्कनुपरेको र करिब १७०० दर्शक उपस्थिति रहेको आयोजक कमिटीका संयोजक तथा परिवारका अध्यक्ष मिलन राना मगरले जानकारी दिनुभएको छ।कोरियाको इतिहासमै एकै दिनमा दुइ ओटा कार्यक्रम हुदाहुदै यति धेरै दर्शक सहभागी भएको कार्यक्रम यो नै पहिलो भएको पनि रानाले दाबी गर्नुभएको छ।उहांले कार्यक्रमबाट उठेको रकमबाट स्याङ्गजा सामुदायिक अस्पतालमा एम्बुलेन्स किनिने र जिल्लाका अन्य सामुदायिक अस्पताललाई पनि भौतिक सामग्री किन्न आर्थिक सहयोग गरिने जानकारी दिनु भएको छ। उहांले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने कलाकार,पत्रकार,संघ संस्था,प्रायोजक,आयोजक कमिटीका सम्पूर्ण सदस्य,समितिका सल्लाहकार,स्वयम् सेवक,सम्पूर्ण स्यांग्जालि तथा नेपाली दाजु भाइ दिदी बहिनीहरुलाई स्याङ्गजा परिवारको तर्फ देखि हार्दिक हार्दिक धन्यवाद तथा आभार प्रकट गर्नु भएको छ। सार्थक नारा,स्पष्ट उद्देश्य,गतिशील काम र स्वच्छ सहयोगी मनहरुको कारण नै सोचे भन्दा बढी नै सफल कार्यक्रम सम्पन्न भएको सांस्कृतिक कार्यक्रम संयोजक सिपी मगरले बताउनुभयो।





Related

korea 3422550190992075843

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item