नेवा पुचःको " समय बजि तथा बैकुण्ठ मानन्धर सम्मान कार्यक्रम " सम्पन्न l

रमेश खावाजु , दक्षिण कोरिया l
नेवा पुचः दक्षिण कोरियाद्वारा १९ सेप्टेम्बर २०१३ का दिन छुसकको अवसरमा वोल्गोकमा गरिएको "नेवा समय बजि तथा बैकुण्ठ मानन्धर सम्मान "कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ l

कोरियामा नेवारी कला संस्कृतिको संरक्षण तथा नेपालमा विभिन्न किर्तिमान राख्न सफल भएका महान धावक बैकुण्ठ मानन्धरलाइ सम्मान गर्ने उदेश्यले गरिएको सो कार्यक्रमलाइ ४ चरणमा विभाजित गरिएको थियो l कार्यक्रमको पहिलो चरणको औपचारिक कार्यक्रममा प्रमुख अतिथि बैकुण्ठ  मानन्धरले मन्तब्यको क्रममा आफु पहिले कोरियाको दौड प्रतियोगितामा भाग लिन आउंदाको कोरिया त्यति बिकसित राष्ट्र थिएन तर अहिलेको कोरियाको बिकसित रुप देखेर अचम्म लागेको बताउंदै अन्य आफ्ना जिबनगाथाहरु पनि नेवारी भाषामा सुनाए l त्यस्तै सो कार्यक्रममा अतिथिहरु जनसम्पर्क समिति कोरियाका पुर्ब सभापति गङ्गा थापा श्रेष्ठ , नेपाल कोरिया न्युजका प्रधान सम्पादक पुरु जोशी ,चितवन सम्पर्क समिति कोरियाका पूर्व अध्यक्ष राजन श्रेष्ठ ,नेवा पुचका सल्लाहकार सानु प्रजापति ,नेपाल कोरिया सांकृतिक मंचका अध्यक्ष रमेश श्रेष्ठ तथा भूपू  खेलाडी संघ कोरियाका अध्यक्ष रबि महर्जनले आ आफ्नो मन्तब्य ब्यक्त गरे l सो औपचारिक कार्यक्रमको समापन नेवा पुचः कोरियाका अध्यक्ष नबिन बज्राचार्यले गरेका थिए भने स्वागत मन्तब्य नेवा पुचका सचिब निर्मल महर्जन तथा कार्यक्रम संचालन कृष्ण मुस्यानले गरेका थिए l

कार्यक्रमको दोस्रो चरणमा प्रमुख अतिथि तथा नेपालका महान धावक बैकुण्ठ मानन्धरलाइ  नेवा पुचका कोरियाका पदाधिकारीहरु तथा सहभागी अतिथिहरुले  खादा ओढाई समान गरेका थिए l कार्यक्रममा अध्यक्ष नबिन बज्राचार्यले धावक बैकुण्ठ मानन्धरलाइ २ लाख तथा मायाको चिनो पनि हस्तान्तरण गरेका थिए l

 तेस्रो चरणमा  नेवा समय बजि कार्यक्रमको आयोजना गरेका थिए l नेवारी परम्परागत तरिकाले बसेर सबै सहभागीहरुले  छोयला ,चिउरा ,अचार ,तरकारी ,आलु तामा ,अण्डा, भटमास ,अदुवा ,लसुन , जाँड सहितको समय बजि  मिठो मानी खाएका थिए l दक्षिण कोरियामा आएर पहिलो पटक धेरै नेपालीहरुसंगै बसेर समय बजी खान पाउँदा एकदम खुसि लागेको तथा आफ्नो घरमा बसेर चाडपर्वमा परिवारसंगै समय बजी खाएको जस्तो महसुस गरेको भक्तपुरबाट ४ महिना अघि कोरिया प्रवेश गरेका राजु अवालले बताए l

कार्यक्रमको चौथो चरणमा गायन तथा नाचगानका कार्यक्रमहरु गरेका थिए l सो कार्यक्रममा निर्मल महर्जन ,पुरु जोशी ,अरुण श्रेष्ठ ( इपिएस छिन्गु ) ले गीतहरु गाएर सबैलाइ मनोरंजन गराएका थिए l सो कार्यक्रममा सबै सहभागीहरुले  राति १२:३० सम्म सामुहिक नाचगान गरेर निकै मनोरंजन गरेका थिए l नेवा समय बजी तथा बैकुण्ठ मानन्धर सम्मान कार्यक्रमलाइ भव्यताका साथ् सम्पन्न गर्न मद्दत पुर्याउनु हुने सम्पूर्ण सहभागी साथीहरुलाइ नेवा  पुच् अध्यक्ष नबिन बज्राचार्यले धन्यबाद व्यक्त गरे l

Related

korea 3493682102736480245

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item