नेवा पुचःले छुसकमा " नेवा समय बजि तथा बैकुण्ठ मानन्धर सम्मान कार्यक्रम " गर्ने l

 रमेश खावाजु , दक्षिण कोरिया l 
२०१३ सेप्टेम्बर १९ तारिक बिहिबारका दिन नेवा पुचःले दक्षिण कोरियाको महान चाड  छुसकको अवसरमा " समय बजि तथा बैकुण्ठ मानन्धर सम्मान कार्यक्रम " गर्ने भएको छ   l

  नेपालमा महिनै पिच्छे चाडवाड परिरहने नेवारी समुदायमा विभिन्न परिकारहरु बनाउनमा अन्य समुदायको तुलनामा अघि छ l  पहिले नेवारहरूको घरमा चाडपर्वमा खाइने स्वादिस्ट परिकार समय बजि हाल नेपालमा धेरै नेपालीहरु माझ निकै लोकप्रिय भएर जताततै  खुलेका नेवारी रेस्टुरेन्टमा सजिलै उपलब्ध हुन्छ।    दक्षिण कोरियामा पनि नेवारी कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले सन् २००२ मा नेवारी समुदायहरु मिलेर स्थापित नेवा पुचः कोरियाले  हरेक बर्ष समय बजिको कार्यक्रम गर्दै आइरेह्को छ l यस बर्ष छुसकमा नेवारी परम्परागत तरिकाले गर्न लागेको  समय बजि कार्यक्रममा छोयला ,चिउरा ,आलु तामा ,अचार ,तरकारी ,कालो भटमास ,अदुवा ,लसुन ,जांड हुने  जानकारी नेवा पुचका कोषध्यक्ष संजन जोछेंले हामीलाई बताए l कोषध्यक्ष जोन्छेले छुसकमा हुने  समय बजि कार्यक्रममा सिट सिमित भएकोले  समयमा नै आफ्नो नाम दर्ता गरिदिनु कोरियाबासि नेपालीहरुमा अनुरोध गर्नु भएको छ l

नेवा पुचः दक्षिण कोरियाले साफ गेममा  म्याराथुनमा  गोल्डमेडल तथा नेपालमा  अनेकौं  किर्तिमान राख्न सफल भएका भूपू राष्ट्रिय धावक बैकुण्ठ मानन्धरलाइ सम्मान गर्ने भएको छ l साँझ ७ बजे देखि सुरु हुने सो कार्यक्रममा अनि गायन तथा नाचगानको कार्यक्रम पनि हुने जानकारी सो कार्यक्रमका संयोजक तथा नेवा पुचःका अध्यक्ष नबिन बज्राचार्यले बताए l साथै उहालें यस कार्यक्रममा सहभागी भइ दिनुहुन नेवा पुचका सदस्य तथा कोरियाबासि नेपालीहरुमा अनुरोध गर्नुभएको छ l

मिति : २०१३-०९-१९ , विहिवार
समय : ठिक बेलुका ७ बजे
स्थान : जिन्गाक गुम्बा, सबवे लाईन नं ६ को वोल्गोक स्टेशन ३ नं गेटबाट ५ मिनेट हिड्ने)
सहभागी शुल्क : नेवाः पुचः दक्षिण कोरियाको सदस्यता कार्ड भएको साथीलाई १५,००० वन
सदस्य कार्ड नहुने साथीलाई २०,००० वन l

नोट  :
सिट सिमित भएकोले इच्छुक सम्पूर्ण सदस्य कार्ड हुने साथीहरुले सहभागी शुल्क १५,००० वन र सदस्य कार्ड नहुने साथीहरुलाई २०,००० वन अनिबार्य रुपमा मिति २०१३-०९- १७ तारिख सम्म wory bank ...1002242506153 jonchhe sanjan जम्मा गरी यस संस्थाका कोसाध्यक्ष संजन जोंछें ०१०-५९२४२८३९ र सहकोषाध्यक्ष बीरबहादुर डंगोल ०१० ४९५३ २९८४ मा फोन गरि आफ्नो नाम लेखाउनु हुन हार्दिक अनुरोध गर्दछौं I

Related

korea 5318820153228020610

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item