कोरियामा नेपाली लोक संगीतको जगेर्ना गर्दै बिसौनी समूह l

रमेश खावाजु , दक्षिण कोरिया l
नेपालको कला र संस्कृति अनि सांस्कृतिक गतिविधिमा विदेशी संस्कृति हावी हुँदै गइरहेको छ । आधुनिकताको नाममा आजका युवापीढीहरू आफ्नो  लोक संस्कृतिको ठाउँमा पश्चिमा संस्कृतिलाई अनुसरण  गरिरहेका छन् ।  हाम्रा आफ्नो  परम्परागत मौलिक बाजाहरू ,गाउँघरमा गाइने विभिन्न लोकगित तथा लोकनाचहरूप्रति अनभिज्ञ छन् । मौलिक परम्परागत बाजाहरू- धिमेबाजा, नाय्खिं, पोङ्गा, मुर्चुङ्गा, नौमति बाजा, सनाहाँ, मादल, च्याङब्रुङ आदि बाजाहरूको बारेमा धेरैजसोलाई थाहा भएता पनि त्यसको ठाउँमा ड्रमसेट, गितार, कि-बोर्ड, पियानो आदि विदेशी बाजाहरूप्रति युवा पुस्ताहरु आकर्षित भइरहेका छन् ।
हाम्रो आफ्नो  मौलिक लोक  संस्कृतिको ह्रास हुँदै  विदेशी कला र संस्कृति अङ्गाल्ने क्रम बढीरहेको बेला दक्षिण कोरियामा नेपाली लोक गित ,दोहारी तथा धुनहरु   नेपाली तथा बिदेशी माझ प्रस्तुत गरेर नेपाल र नेपालीलाई चिनाउने माध्यम बनेको छ बिसौनी सांगीतिक समुह l लोक संगीतमा लामो समय देखि आफ्नो पहिचान बनाउन लागिरहेका  केहि जागरुक युवाहरु मिलेर १ बर्ष अघि स्थापित बिसौनी समुहले  दक्षिण कोरियामा  करिब २० /२१ पटक  आफ्नो प्रस्तुति पस्किसकेका छन् l
बिसौनी समुहका प्रस्तुति हेरेर  कोरियामा रहेका नेपालीहरु मात्र होइन कोरियन तथा अन्य बिदेशीहरु पनि नाच्न थालिहाल्छ l   बिशेष गरी प्रत्यक्ष लोक धुन दोहोरी गीत परम्परा झल्काउने खालका लोक भाकाहरु गाउन माहिर सो समुह कोरियामा  दिनदिनै चर्चित बन्दैछ|  नेपाली बजारको बेरोजगारीता अनेक बाध्यताले गर्दा सुनौलो भबिष्य निर्माण गर्न दक्षिण कोरियामा कठिन कार्य गरिरहेका यी कलाकारहरुले फुर्सदको समय पाउने बितिकै  गाउ बेसीका भाकाहरु हालेर अभ्यासमा जुतिहाल्छन l सो समुहका संस्थापाक तथा सदस्य  सी.पी मगरले कहिलेंकाँही दिनभरी कोरियाको कठिन काम गरेर नेपाली माया मिसिएको गाउ बेसी अनि मौलिक झ्याउरे,कौडा,सोरठी जस्ता भाकाहरु बिर्सन नसकी रातभरी मादलको तालमा भाका हालेर भोली बिहान काममा गएको पनि बताएका छन् l उहांले फेरी पनि भन्नुभयो  "कोरियामा हामी गाउ बेसीका आफ्नै मौलिक पहिचान बोकेको लोक संस्कृतिको उत्थान गर्नु लागिपरेका छौं र यो हाम्रो दायित्व हो पनि हो   l  लोक दोहोरीलाइ अझै बिदेशी भूमिमा फराकिलो बनाउने संकल्प स्वरूप अहिले हाम्रो समुह लागि परेको   छौं l"समुह भित्र प्राय जसो सबै खाले बाजाहरु बजाउन र गाउन जान्ने सदस्यहरु छन्|

बिसौनी समुहका कलाकारहरु  
सि.पी.मगर(स्याङ्जा)  - गायक /बाध्यबादक,
मुनाराज सुनुवार(रामेछाप) - बाध्यबादक,
दिलिप गुरुङ(स्याङ्जा)   -  मुख्य बाध्यबादक,
टिका नेपाली(बाग्लुंग)  - गायक/बाध्यबादक,
सरु पौड्याल(गुल्मी)  - गायिका
हेमराज बि.सी.(बाग्लुंग)  - गायक/बाध्यबादक
टिका नेपाली(बाग्लुंग)   - बाध्यबादक,
देबेन्द्र छन्त्याल गर्बुजा(बाग्लुंग)  - गायक/बाध्यबादक


  कसरि स्थापना भयो  सांगीतिक समूह बिसौनी समूह ?

संयोगबस २०११ मे महिनातिर सउलको लोटस लाल्टिन फेस्टिभलको एक कार्यक्रममा सहभागी हुन् आएका २ जना लोक सांगीतिक क्षेत्रका जागरुक युवाहरु  मुनाराज सुनुवार र सि.पी.मगरको भेट भयो l  ती २ जना युवामा निकै आत्मीएता बढे पश्चात कोरियामा लोक संस्कृतिलाइ माया गर्ने साथीहरुलाई समेटेर सांगीतिक समुह निर्माण गर्ने निर्णय लिए l नेपालमा लामो समय देखि लोक संगीतमा आफ्नो पहिचान बनाउन लागिरहेका सिपि मगर र मुनाराज सुनुवारले  फुर्सदको समयमा संयुक्त रुपमा सांगीतिक अभ्यास गर्दै  नेपाली लोक संगीतलाइ माया गर्ने कलाकारहरुको खोजि पनि गर्न थाले l "  भन्ने बित्तिकै कहाँ साथी पाइन्थ्यो र? पाइहाले पनि मन नमिल्ने ,लक्ष्य भन्दा बाहिरको साथीहरु भेटिदा निराश पनि भए l तर हामि दुइ जना मिलेर नाम बिना नै २/४ ठाउमा आफ्नो कला गला प्रस्तुत गर्दै गए " आफ्नो सुरुवातको दिनको सम्झना गर्दै कलाकार मुनाराज सुनुवारले  बताए l
                          तैले सोच मात्रै भगवानले पुर्याउछ भने झैँ २०१२ को पूर्व सन्ध्या तिर  संगीतमा लामो समय काम गरिरहनु भएका दुइ जना नेपालीहरु  दिलिप गुरुङ र टिका कोरिया प्रवेश गरे  | ४ जना कलाकारहरुको नियमित भेटघाट तथा सल्लाह अनुसार कोरियामा २०१२ अक्टुबर महिनामा  "बिसौनी सांगीतिक समूह" स्थापना भयो l नोभेम्बर महिनामा प्रतिभाशाली लोक दोहोरी गायिका सरु पौड्याल पनि उक्त समुहमा प्रवेश गरेपश्चात कोरियामा नेपाली लोक दोहोरीलाइ अझै फराकिलो बनाएको छ  l   कोरियामा करिब २० /२१ पटक आफ्नो प्रस्तुति पस्किसकेको तर अझ आफुहरुलाई चर्चित भन्न नरुचाने समुहका संस्थापाक तथा सदस्य सि.पी. मगरले आफूहरुकै व्यक्तिगत र आन्तरिक श्रोत बाट करिब २० लाख वन बराबरको बाध्य सामग्री किनेको जानकारी  दिनुभयो| उहाँले पुन कोरियामा रहेका व्यक्तित्व संघ सस्थाहरुबाट सहयोग,माया,सल्लाह,हौसलाबाट निकै नै उत्साहित रहेको र आउने दिनहरुमा अझै उहाहरुको मनोरन्जनको खातिर जहिले पनि उपस्थित हुने जानकारी दिए l
त्यस्तै गरि राजधानी सउल  देखि करिब ५ घण्टा टाढा रहेर पनि आफ्नो संस्कृति जगेर्नार्थ लागि पर्नु भएका समुहका मुख्य बाध्यबादक दिलिप गुरुङ कोरियाको अत्यन्तै ब्यस्त समय तथा भौगोलिक दुरीले टाढा भएपनि साधना अभ्यास गर्न नछोडेको जानकारी दिनुभयो  l
 कोरिया बिशेष गरी प्रत्यक्ष लोक धुन ,दोहोरी गीत ,परम्परा झल्काउने खालका लोक भाकाहरु गाउन माहिर उक्त समुह दिनदिनै चर्चित बन्दैछ l आफुहरु ब्यबसायिक हिसाबले नबढे पनि कार्यक्रम आयोजकहरुले समुहको मेहनतको कदर गर्दै आर्थिक रुपमा सहयोग मिलेको र थोरै ब्यबसायिक तिर पनि ढल्केको हो की भन्ने आभाष भैरहेको संस्थाका सदस्य सरु पौड्याल बताउँछिन  भने अर्का  सदस्य टिका नेपालीले  आपत् बिपतमा परेका नेपालीहरुलाई कला गला बाटै पनि सहयोग गर्न समुह तयार रहेको बताउनुभयो| उहालें अहिले  हामि स्याङजा परिवार दक्षिण कोरियाद्वारा छुसकमा आयोजना गर्न लागेको "आँधि खोला सांगीतिक सौगात भाग ४ "को  लागि अभ्यास गरिरहेको पनि बताए l

                के भन्छन कोरियामा  बिसौनी समूहबारे ?

केपी सिटौला -  एनआरएन निबर्तमान अध्यक्ष तथा बर्तमान आइसीसी सदस्य , कोरिया l

दक्षिण कोरियामा लामो समय देखि पर्यटन ब्यबसाय गर्दै आएका एन. आर . एनका निबर्तमान अध्यक्ष तथा बर्तमान आइसिसिका सदस्य केपी सिटौलाले अहिले बिश्वमा बिस्तारै  मौलिक तथा लोक संगीत हराउदै पश्चिमा संगीतलाई युवाहरुले अंगाल्ने क्रम बढिरहेको बेला कोरियामा बिसौनी समुहले नेपाली लोक संगीत तथा मौलिक धुनहरुलाइ नेपाली तथा बिदेशी माझ प्रस्तुत गरेर नेपाली लोक संगीतलाइ संरक्षण गर्न गरेको प्रयास सह्रानीय रहेको बताए  l उहाले आफुले बिगतमा एनआरएनको विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा बिसौनी समुहलाई सहभागी गराएको तथा भबिष्य सम्म पनि आफ्नो व्यक्तिगत र संस्थाको तर्फबाट सक्दो  सहयोग गर्दै जाने बताए l

 रुद्र शर्मा -समाजसेवी तथा ब्यबसायी ,कोरिया l 

 दक्षिण कोरियाको कठिन काम गरेर बचेको समयलाइ सदुपयोग गर्दै कोरियामा लोक गित ,दोहारी  तथा नेपाली मौलिक धूनहरुको प्रचार प्रसार गर्न सफल रहेको तथा यति राम्रो कला ,गला तथा माटोको सुवास बोकेको समुह स्वदेशमा पनि बिरलै भेटिएला भनि रुद्र शर्माले आफ्नो विचार पोखे l  प्रवासी भुमि कोरियामा आफ्नो व्यस्तताको बिचमा पनि अति नै बिशिस्ट रुपमा नेपाली कला , संस्कृति र लोक संगीतको अवतरण रुपमा प्रचार प्रसार र संरक्षण गर्न ठुलो भूमिका निभाएका  बिसौनी समुहलाई आफ्नो व्यक्तिगत रुपमा सक्दो सहयोग , सम्मान र सलाम गर्न गर्न चाहेको पनि बताए l 

 मिन प्रकाश उप्रेती -सम्पादक तथा प्रकाशक ( नेको खबर )

यो कोरियाको यस्तो पहिलो संगितिक समुह हो जसले कोरियामा रहेका नेपालीहरुलाई आनन्द दिलाएको छ l उहाँले कुनै ब्यक्ति वा संस्था प्रति झुकाव नगरि सबैको यो समुह भन्न सकोस भनि सुभकामना पनि ब्यक्त गरेका छन् l 





जुनु गुरुङ , वोमन फर वोमनका अध्यक्ष 
बिसौनी समुहका कलाकार साथीहरुले  प्रवासी भूमिमा १२ घण्टा  कामकोसंगै ,आफ्नो  देशको  मौलिक  कला संस्कृतिलाइ  जोगाउदै   सम्पूर्ण  थकाईलाइ मिठो  धुन  र  गितले   मेटाउन  सफल  भएकोमा  र हामी सम्पूर्ण  कोरिया  बासि  दाजुभाई  दिदि बहिनीहरुले  गौरब  गर्नुपर्ने वोमन फर वोमनका अध्यक्ष 
जुनु गुरुङ   बताएकी छिन l बिसौनी समुहले कोरियामा मात्र होइन अन्य विदेशमा समेत आफ्नो कला र गलाको प्रस्तुति देखाउने अवसर पाओस भनि सुभकामना पनि ब्यक्त गरेकी छिन l

Related

korea 2433833854134824228

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item