कोरियामा मिहेनती नेपालीहरु

निकुञ्ज तिवारी ,सउल, दक्षिण कोरिया l

दक्षिण कोरियाको सुवनस्थित आगो निभाउने ‘ग्यास’ कम्पनीमा कार्यरत छन् पर्वत थापाठानाका राम कुावर । १६ महिना अगाडि इपिएस मार्फत रोजगारीका लागि आएका उनी दैनिक १२ देखि १३ घण्टा काम गर्छन् ।

पृथ्वीनारायण क्याम्पस पोखराबाट ब्यवस्थापनमा स्नाकोक्तर गर्दागर्दै वैदेसिक रोजगारीमा दौडिएका उनले मासिक २० लाख कोरियन वन (१०० वन बराबर ८.५२ रुपैयाा) आर्जन गर्छन् । उनी भन्छन्–‘काम र पारिश्रमिकमा सन्तुष्ट छु, कोरियाले मिहेनत गर्ने बानीको विकास गरिदिएको छ।’

इपिएस मार्फत उत्पादनमुलक क्षेत्रमा काम गर्न कोरिया आएका अधिकांश आप्रवाशी कामदारहरु तोकिएको आठ घण्टाभन्दा बढि समय काम गर्छन् । तर मुलवाशी कामदारहरुको काम गर्ने समय भने घट्दो क्रममा छ ।

मूलवासी श्रमिकहरुको दैनिक कामगर्ने समय घटिरहेको बेला आप्रवाशी कामदारहरु भने दैनिक अधिकतम १६ घण्टा काम गर्छन् । मूलवासी श्रमिकहरुको काम गर्ने समय गत पााच वर्षको तुलनामा ४० मिनेट घटेर हाल दैनिक औसत ९ घण्टा २६ मिनेट भएको हालैको एक जनसर्वेक्षणमा उल्येख छ । सरकारले ८ घण्टालाई वैधानिक मान्यता दिएको छ ।

सर्वेक्षणमा यसवर्ष रोजगारीमा प्रवेश गरेका एक हजार ८२ कामदार र २००८ मा प्रवेश गरेका १२ सय ७३ कामदार सहभागि थिए । घरेलु साना तथा मझौला उद्योगमा कार्यरत श्रमिकहरु ९ घण्टा ४० मिनट, सहकारी संघ–संस्थामा ८ घण्टा ५३ मिनट र विदेशीद्धारा संचालित उद्योगमा ८ घण्टा ४६ मिनट कामगर्ने गरेको बताएका थिए ।

गुल्मी तम्घासका सरोज चुंडाली गाडीको वेल्ट उत्पादन गर्ने कम्पनीमा दैनिक १२ घण्टा काम गर्छन् । स्नातक अध्ययन गर्दागर्दै कोरिया आएका उनी कोरियन वन मासिक २१ लाखको हाराहरीमा आर्जन गर्ने गरेको बताउछन् । कोरियामा मिहेनत अनुसारको फल पाउादा कामप्रति लगाव बढेको छ, उनि भन्छन्– ‘नेपालमा पढेर वेरोजगार बस्नुभन्दा यहा धेरै राम्रो छ, म त पूर्ण सन्तुष्ट छु ।’

त्यस्तैगरी सुनसरी तरहराका दीपक भारती पनि शनिबारबाहेक दैनिक ११ घण्टा काम गर्छन् । अधिकतम् २० लाख मासिक कमाइ गर्दै आएका उनी कोरियाको श्रम र मूल्यप्रति पूर्ण सन्तुष्ट रहेको बताए । यहााको काम गर्ने शैली र सम्मानले मिहेनत गर्न हौसला मिलेको उनको धारणा छ ।
‘परिश्रम अनुसार ज्याला छ, यसैले नेपाली युवाहरु यहा आउन चाहन्छन्।’ हेटौडा मनाइका थानेश्वर पहाडीले भने । स्नातक गर्दागर्दै चार महिना अगाडि आएका उनी नाम्यनस्थित काटुन कम्पनीमा दैनिक १४ घण्टा काम गर्छन् । उक्त समय काम गरेवापत उनले मासिक कोरियन वन २० लाख आर्जन गर्ने बताए ।

त्यस्तै दुई वर्ष अगाडि आएका स्याङजाका युवराज शाही पनि दिवा र रात्री गरी दैनिक ११ देखि १३ घण्टा काम गर्छन । कपडा पेन्ट गर्ने कम्पनीमा कार्यरत उनीसंगै काम गर्ने ९ जना नेपाली प्रत्यकले मासिक २० लाखको हाराहारीमा आर्जन गर्छन् । मानवशास्त्रमा स्नातक उनी यहाको काम अनुसार पारिश्रमिक नभएको गुनासो गर्छन् । उनको जस्तै दैनिकी छ तनहुाका लक्षमण गुरुङ, रौतहटका मनप्रसाद सेढाइा, चितवनका किरण शर्मा, बाग्लुनका हरी थापा र बुटबलका दिनेश रानामगरको ।

‘डर्टी, डेन्जर र डिफिकल्ट’ थ्रिडि काम गर्नु पर्छ भन्दाभन्दै पनि कोरिया आउनु हाम्रो विवशता हो’ राजधानी सोलमा भेटिएका सन्तोष शर्माले गुनासो गरे – ‘युवाहरु लामो समय काम गरी धेरै अर्थ आर्जन गर्न चाहन्छन् र स्वदेशमा लगानी गर्न चाहन्छन् । तर मुलुकको ंजटिल अवस्थाका कारण युवाहरुलाई निराशा बनाएको छ । विदेश धनी बनाउनु नेपाली युवाहरु बाध्यता बनेको छ ।’ विश्वमै धेरै काम गर्ने र थोरै समय आराम गर्ने मुलुकका रुपमा चिनिएको कोरियामा एकोहोरो काम गराइले मजदुरहरुमा शारिरिक तथा मानसिक समस्या उत्पन्न भइरहेको उनले बताए ।

आप्रवाशी मजदुरलाई दैनिक ८ घण्टा र अन्य २ गरी दैनिक १० घण्टा काम गराउन पाउने सरकारी प्रावधान भएपनि युवाहरु अतिरित्त समय बढि काम गर्न चाहन्छन् । साना, मझौला तथा घरेलु उद्योग महासंघमा कार्यरत वान्दी लामाले भने ।

‘नेपाली युवाहरु इमान्दार, मिहेनती र लगनशील भएकै कारण निरन्तर काम गर्न सक्छन् ।’ केउङ ही विश्वविद्यालयमा अनुसन्धानरत डा विरेन्द्र तिवारीले भने– कामदारले काम गर्ने समयबाहेक अतिरिक्त समय काम गर्दा आÇनो स्वास्थलाई ध्यानदिई काम गर्नु उक्तम हुन्छ ।’

Related

korea 3516080841545281931

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item