पत्रकार महासंघ कोरियाको स़य दिन l
https://nnkorea.blogspot.com/2013/09/l_3633.html
अशोक मैनाली ,दक्षिण कोरिया l
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको चौंथो कार्यसमिती निर्वाचित भएको स़य दिन बितेको छ । नेपाल पत्रकार महासंघ कोरिया शाखा यहाँ कार्यरत श्रमजीवी पत्रकारहरूको मात्र होईन यहाँका श्रमिक ,बिद्यार्थी लगायत बिभिन्न पेशा तथा व्यवसाय गरेर बसेका नेपालीहरूको एउटा आशाको बलियो आधार बन्न पुगेको छ । कोरियाबासी नेपालीहरूको हरेक सुख-दुखमा हातमा हात र काँधमा काँध मिलाउदै आएको कोरिया शाखाको भूमिकालाई नजर अन्दाज गरियो भने त्यो अन्याय नै हुनेछ । अपितु ,आगामी दिनमा हाम्रो भूमिकालाई अझ व्यापक सशक्त ढंगले लानु पनि उत्तिकै जरूरी छ ।
हाम्रो स़य दिन
चौंथो कार्यसमिती निर्वाचित भएपछि यो अवधिमा विगतका कार्यहरूको गम्भिर समिक्षा र आगामी कार्यहरूको योजना तर्जुमा गर्नमा नै यो स़य दिन गुज्रिएको छ । यो बिचमा हाम्रै पहलकदमी र आग्रह बमोजिम नेपाली दूतावासले घुम्ति सेवा प्रदान गरेको छ ।सोलबाट धेरै टाढाको दुरीमा रहेको किम्हे ,बुसान र थेगुका नेपालीहरूलाई लक्षित गरी सम्पन्न सो घुम्ती सेवाबाट धेरै नेपाली दाजुभाईले लाभ लिनुभयो । अझ यस कार्यले लामो समय देखि यहां रहेका अथवा सो सुबिधाबाट बन्चित नेपालीहरूलाई ठुलो राहत प्रदान गर्न सफल भयो ।सो अभियानमा कोरिया शाखाका प्रतिनिधिहरू स्वयम् सेवकको रूपमा खटिनुभयो ।आफ्ननो व्यस्त समयमा पनि रातिदेखी खटेर नेपालीहरूको सहयोगको लागी योगदान दिने सो क्षेत्रका पत्रकार साथीहरू र यस कार्यसमितीका सहयात्रीहरूलाई धन्यवाद व्यक्त गर्न चाहान्छु । आफु संग जनशक्ति कम रहेको बताउने दुूतावासलाई हाम्रो स्वयम् सेवाले धेरै राहत दियो र हाम्रो यस्तै सहयोग जारी रहे अन्य स्थानहरूमा पनि घुम्ती सेवा दिन सकिने दूतावासले बताएपछि हामीले बुसान क्षेत्रको लागी उपाध्यक्ष बिरेन्द्र सुनुवार ,सह सचिव अर्जुन बराल र सदस्य कृष्ण गुरूड्ंलाई जिम्मेवारी दिएका छौं । घुम्ती सेवा कोरिया शाखाको आग्रह अनुसार भए पनि अन्य संघ संस्थाले पनि आफ्नो प्रतिनिधि पठाएर यस्ता अभियान सफल पार्न सक्छन् । यसले गर्दा सिमित स्रोत ,साधन र जनशक्तीको अभाव भएको दूतावासले यस्ता सेवा दिन सक्छ ,जुन नेपालीहरूको हितमा छ । संघ संस्था गठन हुनु भनेको ब्याच लाउने र भाषण गर्ने मात्र होईन फिल्डमा गएर व्यावहारिक समाजसेवा गर्नु पनि हो भन्ने सन्देश हाम्रो यो कार्यले दिएको छ ।यसबाट अन्य संघ संस्थाले सिक्न सके पिडामा रहेका नेपाली दाजुभाईको घाउमा मलम लाग्ने थियो ।
बिगतका कार्यसमितीको तुलनामा म सचिव रहेको कार्यसमिती (पूर्व अध्यक्ष खेम कार्की रहेको ,तेस्रो )ले धेरै उल्लेखनीय कार्य गरेको थियो ।बिभिन्न परोपकारी अभियान देखि संस्थाको सशक्तिकरणमा धेरै कार्य भए ।बिगत देखि अव्यवस्थित लेखा प्रणाली आदिको कारण भद्रगोल रहेको संगठनलाई प्राण दिन सम्म सफल भ़यौं ।अब यो कार्यसमितीको काँधमा संस्थालाई मजबुत र नमुना शाखाको रूपमा अघि बढाउनु पर्न्े जिम्मेवारी आएको छ ,जसको लागी यो कार्यसमिती सक्षम छ र हुनुपर्दछ । यो बिचमा हाम्रो छलफल र बहस यसैमा केन्द्रित गर्दै आएका छौं ।हाम्रो सरोकार र जिम्मेवारी भित्र नपर्ने कार्यहरू हामीले गर्नु पर्दा केही असहज पक्कै भएको छ तर संस्थाको जिवनको लागी त्यस्ता कार्य हामीले नगरी सुखै छैन । सुदुर बिगतको कार्यसमितीले गरेको आर्थिक बक्यौताहरूको बिषय पनि हाम्रै थाप्लामा आईपरेको छ ।बिशेषत ‘नेपाल टुर लिमिटेडको ‘बांकी हिसाब किताब हामीले सके सम्म छिटो मिलाउने प्रयास गरेका छौं । जसको लागी यस कमिटीका कोषाध्यक्ष कृष्ण बस्याललाई हाम्रा यस शाखाका संरक्षक रूद्र शर्मा संग समन्वय गरेर उक्त हिसाव मिलाउन जिम्मेवारी दिईएको छ ।विगतका कार्यसमितीका राम्रा कार्यहरुबाट सिक्दै र कमजोरीहरुबाट शिक्षा लिंदै यो बीचमा हामीले कोरियाका सामाजिक संघ संस्था संग हातेमालो गर्दै अगाडी बढिरहेका छौं । आफ्नै कमजोरी प्रती निर्मम हुंदै त्यसबाट शिक्षा लिएर अगाडी बढ्नु नै बद्दिमता र बैज्ञानिक हो भन्ने सत्यलाई हामीले आत्मसाथ गर्दै अघी बढेका छौं ।
गुनासा
यो बिचमा धेरैले बिभिन्न सुझाब र आलोचना गर्नुभएको छ। बिशेषत पत्रकारिताका बिबिध पक्ष संग धेरैले धेरै प्रश्न उठाउनु भएको छ। मुख्य कुरा त सबैले बुझ्नुपर्ने कुरा के हो भने कोरिया शाखालाई केन्द्रिय समितीको निर्देशन ,मौजुदा बिधी र नियमावली भन्दा एक ईन्च पनि दांया बांया र तल माथी हुने छुट छैन । यो शाखाको प्रमुख उदेश्य पत्रकारहरुको हित र उनिहरुको पेशागत सुरक्षालाई सर्वोपरी केन्द्रमा राखेर हिड्नु नै हो । यस मानेमा अन्य कार्य र गतिविधी सहायक मात्र हुन् ।पत्रकारको सबै खाले हित र सुरक्षा नै हाम्रो मुख्य अभिष्ट हो ।तर यसो भन्दैमा कुनै पत्रकारलाई जे गर्न पनी छुट छ वा महासंघले जे गर्न नि छुट दिएको छ भन्ने होइन ,पत्रकार पनी यही समाजको अंग भएकोले कमी कमजोरी अवश्य हुन्छ। तर नियतबस कसैको चरित्रमा आँच आउने कार्य गर्नु पत्रकारिताको आम मान्यताको खिलापमा हुनेछ भन्ने कुरा सबै पत्रकार साथीहरूले गम्भिर रूपमा लिन जरूरी छ । तर पत्रकार माथी समाचारकै भरमा धम्की दिने ,गाली गलौज गर्ने र भौतिक रूपमा आक्रमण गर्ने छुट कसैलाई छैन । आफुलाई कुनै समाचार बारे चित्त नबुझे कानुनी उपचारको बाटो खुल्ला रहेकोले त्यस्ता अराजक र प्रेस स्वतन्त्रता विरोधी कुनै पनि हर्कतलाई निरूत्साहित गर्न कोरिया शाखाले कुनै पनि कसुर बांकी राख्ने छैन । पत्रकारहरूले पनि आफु उपस्थित नभएको ठाउको फिल्ड रिपोर्ट आफ्ननो बाईलाईनमा गर्ने गरेको गुनासा धेरै आएका छन् । आफु नगएको ठाँउको रिपोर्ट फोन लगायत अन्य स्रोतको हवाला दिएको भरमा समाचार सम्प्रेसन गर्दा ग़लत सुचना सम्प्रेसन भएको कयौं दृष्टान्त रहेको हुदां यस प्रति सबै गम्भिर हुन जरूरी छ । अर्कों तर्फ अन्य सन्चार माध्यामका समाचार स्रोत नखुलाई र अनुमति बेगर प्रकाशन वा सम्प्रेसन गर्ने कार्य अबिलम्ब रोक्न जरूरी छ ।जुन श्रमजीवी पत्रकारको हित बिरूद्द छ ।अत :त्यस्ता कार्यहरू रोक्न महासंघले कडा कदम चाल्न सक्ने हुदां सबैले यस तर्फ सचेत रहदैं पत्रकारिताको सामान्य मुल्य र मान्यतालाई ख्याल गर्न जरूरी छ ।
अर्कों कुरा अरूको आलोचना गर्ने अनि अाफु चै कुनै सिन्को नै नभाच्ने महारोग कोरियाका सामाजिक क्षेत्रलाई पनि नराम्ररी गांजेको छ ।कतिपय मान्छेहरू जो आफै बदनाम छन् ,तिनीहरूको धरातल नै गलत छ ,जो समाजमा शिर ठाडो पारेर हिड्न सक्दैनन् उनिहरूले नै अरूको आलोचना गरेको देख्दा तिनिहरूको मानसिक दरिद्रता प्रति दया लागेर आउछ । त्यस्ता केही व्यक्ति र तत्वहरू कोरिया शाखा प्रति पनि बिष बमन गरेर हजारौं श्रमजीवी पत्रकारहरूको आस्थाको धरोहर र ३ करोड नेपाली जनताको आशाको केन्द्र रहेको महासंघको शाखालाई आफ्ननो कुण्ठालाई बिभिन्न माध्याम बनाएर पोख्दै आएका छन् । कोरिया शाखा कसैले भट्टी पसलमा लुकेर गर्ने लाल्छना र नकारात्मक सोच र संस्कारले आम पत्रकारको हित नगर्ने कुरामा पनि सचेत गराउन चाहान्छ ।सामाजिक हैसियतको महिमाको ख्याल नगरी गर्ने सस्तो आलोचनाले अन्तत हामीलाई बिभाजित पार्दै कमजोर बनाउने कुरा सबै पत्रकार साथीहरूले हेक्का राख्न जरूरी छ ।प्रवासमा बसेर पत्रकारिता गर्नु आफैमा ठुलो चुतौती हो तर यो चुतौतीलाई आत्मासाथ गरी अगाडी बढ्नुभएकोमा सबै प्रति आभार व्यक्त गर्दछु । नकारात्मक सोच र संस्कारकै कारण आज हाम्रो मुलुक पछि परेको कुराको हेक्का राख्दै सकारात्मक सोच र चिन्तनका साथ अगाडी बढ्न सके हाम्रो समाज अगाडी बढ्न सक्छ ।सिसाको घरमा बसेर छिमेकीलाई ईटाले हान्दा आउन सक्ने परिणामको हेक्का सबैमा हुनु आवश्यक छ ।हामीले कसैको गलत रवैया ,अन्य श्रमिकहरूको हित बिरोधी कार्य र नेपाली चेलीहरूलाई कोरिया ल्याएर बिचल्ली पार्ने गिरोहहरूको पर्दाफास गर्न जस्तोसुकै मुकाविला गर्न सक्षम तथा तयार हुनुपर्छ र छौं ।श्रमजीवी पत्रकार लगायत अन्य श्रमिकको हित बिपरित हुने कार्य संग कहिल्यै सम्झौता नगर्ने प्रतिवद्दताका साथ हामी अगाडी बढिरहेका छौं ।हामी निरन्तर खबरदारी र सम्बन्धित निकायलाई झक्झकाउने कार्य निरन्तर गरिरहनेछौं । हामी कोरिया शाखालाई नमुना शाखाको रूपमा लान हरदम प्रयासरत छौं यसका लागी सबैको साथ र सहयोगको उत्तिकै खाँचो छ । साथै कोरियामा रहेका राजनीतिक दल ,सामाजिक संघ संस्था ,व्यापारी ,बिद्यार्थी ,बुद्धिजीवी सबैलाई स्वतन्त्र प्रेसको सम्मान गर्न हार्दिक अपिल गर्दै कुनै समाचारको बिषयमा चित्त नबुझे कोरिया शाखा सम्बन्धित मिडिया /पत्रकार र दोस्रो पक्ष बिच मध्यस्थता गर्न तयार रहेको जानकारी गराउंदै निर्भिकताका साथ समाचार सम्प्रेसन र प्रकाशन गर्न सबै पत्रकारहरूलाई अपिल पनि गर्दछ ।अन्त्यमा यहाँहरूको सुझाव र सल्लाहलाई सकारात्मक रूपमा ग्रहण गर्दै यो स़य दिन सफल पार्न सहयोग गर्नुहुने सबै प्रति व्यक्तिगत रूपमा र कोरिया शाखाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु |
(मैनाली पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष हुन् ।)

Post a CommentDefault CommentsFacebook Comments