हल्ली हिड्नी तिम्रो छोरो कमाउँदै छ आमा


   

  गजल







 भुवन बजगाईं
 सोल ,कोरिया













हल्ली हिड्नी तिम्रो छोरो कमाउँदै छ आमा 
मन भित्र सपनाको महल बनाउँदै छ आमा 


गर्नु पनि के के पर्नी देशै छाडे पछि 
धुलो मैलो नाना थरि गनाउँदै छ आमा 


दिन भरिको थकान अनि तनाब मेटाउन 
एक दुई घण्टा इन्टरनेटमा रमाउँदै छ आमा 


गर्छु केहि फर्कि भनि आफ्नै मातृभुमि 
औला भाँची दुई चार पैसा बचाउँदै छ आमा


हल्ली हिड्नी तिम्रो छोरो कमाउँदै छ आमा
मन भित्र सपनाको  महल बनाउँदै छ आमा

Related

poem 4687868947564250226

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item