मिस नेपाल सृष्टिलाई शुभकामनाको ओइरो

मिस नेपाल  सृष्टि श्रेष्ठले " मल्टिमिडिया अवार्ड" जित्ने सम्भावना कायमै 


सृष्टिको सहभागिताबाट धेरै नेपालीहरु उत्साहित र प्रभावित भएका छन् l मिस नेपाल सृष्टिले बीच ब्युटी, टप मोडल, स्पोर्टस र ब्युटी विथ अ पर्पोज विधामा उत्कृष्ठ बन्ने आशा धेरै नेपालीहरुले गरेका छन्।त्यस्तै दक्षिण कोरियामा कार्यरत भक्तपुरका संजन जोन्छेले पनि यसपालीको मिस वर्ल्ड प्रतियोगितामा हाम्रा मिस नेपाल सृष्टि श्रेष्ठले मिस वर्ल्डको उपाधि  जितेको हेर्न चाहेका छन् l अर्का कोरियाको इन्छनमा कार्यरत राजेन्द्र कबुले विश्वका सबै नेपालीहरु एकजुट भइ सृष्टि श्रेष्ठलाइ भोट हाले अवश्य पनि हाम्रो मिस नेपालले जित्नेछ भनि आशा ब्यक्त गरेका छन् l   

 त्यस्तै सृष्टिको कामलाई फेसबुकबाट शुभकामना दिनेहरुको पनि ओइरो लागेको छ l  फेसबुकको  मिस वल्र्ड पेजमा सृष्टिको कामलाई शुभकामना दिँदै  विवश श्रेष्ठले  लेखेका छन्– ‘मनकामना माताले तिम्रो इच्छा पूरा गरुन्, हामी सबै नेपाली तिम्रो साथमा छौं, हामी सबै तिमीले क्राउन लगाएको हेर्न चाहन्छौं।’ अर्का फेसबुक प्रयोगकर्ता राजु शर्मा खतिवडाले देशले सहयोग र समर्थन नगरेको दुःख व्यक्त गर्दै सम्पूर्ण नेपालीको साथ सृष्टिमा रहेको भन्दै सान्त्वना व्यक्त गरेका छन्। माया थापाले शैक्षिक रुपमा अब्बल व्यक्तिले जुनसुकै कुरा पनि सफलरुपमा गर्न सक्ने भन्दै ढाढस दिएकी छन्। उद्ववकुमार बुढाथोकीले दलका नेताप्रति व्यंग्य गर्दै लेखेका छन्– ‘यो पुङमाङे नेताहरूले दरिद्र बनाएको देशको शिर उचो पार्नु है, मेरो यंही सुभकामना lप्रेम लिम्बूले आफू नेपाली भएको र नेपाली हुन पाउँदा गर्व लागेको कुरा भन्न नभुल्न अनुरोध गरेका छन्। प्रविन श्रेष्ठले सृष्टिको विश्व प्रतियोगितामा सहभागिता आफ्ना लागि उनले ठूलो परीक्षाको तयारी गरिरहेको भन्दै धैर्य र भगवान्सँग प्रार्थना गरी सबै समस्यासँग जुध्न सक्ने शक्तिको कामना गरेका छन्। केही फेसबुक प्रयोगकर्ताले चाहिँ सृष्टिलाई राम्रो किसिमको विक्नी बडीको फोटो फेसबुकमा राख्न आग्रह गरेका छन्।





यसपालिको मिस वर्ल्ड २०१२ मिस नेपाल  सृष्टि श्रेष्ठले जितोस् भनेर...
यदि तपाई चाहनु हुन्छ भनेकोरियामा रहनुभएका कोरियाबासी नेपालीहरुले पनि

यो लिंकमा गएर भोट गर्नुहोस् l
http://www.missworld.com/Contestants/Nepal/





                                         













Related

news 6489345017613636471

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item