संसारकै ठूलो मोबाइल उत्पादक कम्पनी सामसुङ
https://nnkorea.blogspot.com/2012/08/blog-post_7628.html
सन् २०१२ को पहिलो तीन महिनामा सामसङले ९ करोड ३५ लाख मोबाइल फोन बिक्रीका लागि बजारमा पठाए पश्चात झन्डै १४ बर्ष देखि पहिलो स्थानमा रहेका नोकियालाई पछि पार्दै सामसङ विश्वको सबैभन्दा ठूलो मोबाइल उत्पादक कम्पनी भएको छ । नोकियाले भने ८ करोड ३० लाख फोन मात्र बजारमा पठाएको थियो l सामसङले ल्याएको ग्यालेक्सी सिरिजका स्मार्ट फोनले पाएको चर्चा र टीभीको व्यापारमा नाफा दर बढेकाले यस ३ महिना भित्र सन् २००८ पछिको सबैभन्दा बढी ४ अर्ब ५० करोड अमेरीकी डलर नाफा गरेको छ । अनुसन्धान र्फम स्टार्टेजी एनालाइटिक्सलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार सन् १९९८ देखि पहिलो स्थानमा रहेको नोकिया सन् २०१२ को पहिलो तीन महिनाको तथ्यांकमा पछि परेको हो । झन्डै १४ वर्षअघि मोटोरालालाई पछि पार्दै नोकिया सबैभन्दा धेरै मोबाइल उत्पादन गर्ने कम्पनी बन्दै आएको थियो l अघिल्लो बर्षको सोही अवधिको तुलनामा ८१ प्रतिशत बढी हो । मूल्य क्षेत्रमा पाएको सफलताका कारण हाम्रो नाफा लगातार बढिरहेको छ,' सामसङकका इन्भेस्टर रिलेसन प्रमुख रोबर्ट ईले भने ।अनुसन्धान र्फम स्टार्टेजी एनालाइटिक्सलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार सन् १९९८ देखि पहिलो स्थानमा रहेको नोकिया सन् २०१२ को पहिलो तीन महिनाको तथ्यांकमा पछि परेको हो । झन्डै १४ वर्षअघि मोटोरालालाई पछि पार्दै नोकिया सबैभन्दा धेरै मोबाइल उत्पादन गर्ने भएको थियो l
कुन मोबाइल कम्पनीको बजारहिस्सा र बिक्रि संख्या कति ?
कम्पनी बिक्री भएको सेट संख्या बजार हिस्सा (प्रतिशत)
- सामसङ ९ करोड ३५ लाख २५ दशमलव ४
- नोकिया ८ करोड २७ लाख २२ दशमलव ५
- एप्पल ३ करोड ३१ लाख ९ दशमलव ६
- अन्य १५ करोड ६७ लाख ४२ दशमलव ६
Post a CommentDefault CommentsFacebook Comments